चिकित्सक र नर्सहरूलाई श्रम ऐन अनुसार पारिश्रमिकको व्यवस्था गर्ने सरकारको तयारी  | Khabarhub Khabarhub

चिकित्सक र नर्सहरूलाई श्रम ऐन अनुसार पारिश्रमिकको व्यवस्था गर्ने सरकारको तयारी 


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक कडाइकासाथ लागू गर्ने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा नेपाल चिकित्सक संघको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘कम्तीमा श्रम ऐनले व्यवस्था गरेबमोजिम सिपयुक्त जनशक्तिलाई दिनुपर्ने न्यूनतम तलब दिनुपर्छ । त्यो कडाइका साथ लागू गर्ने गरी एकदम अघि बढिरहेका छौँ’, उनले भने ।

उनले एकै पटक लोकसेवा आयोगबाट पाँच सय चिकित्सक लिनका लागि मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको पनि बताए । चिकित्सक र नर्सहरूको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्ने गरी सरकार अघि बढेको उनको भनाइ छ ।

मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वमै विश्वसनीय बनेको बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ३ : ५४ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित