चिकित्सक र नर्सहरूलाई श्रम ऐन अनुसार पारिश्रमिकको व्यवस्था गर्ने सरकारको तयारी  « Khabarhub

चिकित्सक र नर्सहरूलाई श्रम ऐन अनुसार पारिश्रमिकको व्यवस्था गर्ने सरकारको तयारी 


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक कडाइकासाथ लागू गर्ने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा नेपाल चिकित्सक संघको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘कम्तीमा श्रम ऐनले व्यवस्था गरेबमोजिम सिपयुक्त जनशक्तिलाई दिनुपर्ने न्यूनतम तलब दिनुपर्छ । त्यो कडाइका साथ लागू गर्ने गरी एकदम अघि बढिरहेका छौँ’, उनले भने ।

उनले एकै पटक लोकसेवा आयोगबाट पाँच सय चिकित्सक लिनका लागि मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको पनि बताए । चिकित्सक र नर्सहरूको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्ने गरी सरकार अघि बढेको उनको भनाइ छ ।

मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वमै विश्वसनीय बनेको बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ३ : ५४ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले