स्वास्थ्यमा सुधार आएपछि पूर्वयुवराज पारस शाहलाई वार्डमा सारियो  « Khabarhub

स्वास्थ्यमा सुधार आएपछि पूर्वयुवराज पारस शाहलाई वार्डमा सारियो 


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हृदयाघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।

आइतबारदेखी आइसियुमा राखेर उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज वार्डमा सारिएको अस्पताल स्रोतले जनाएको छ । 

आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा थोरै सुधार आएपनि अझै केहिदिन अस्पतालमै राखिनेछ । 

पारसलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : १६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२