आजका समाचार : सांसदलाई एमाले-कांग्रेसको ह्विप, अड्कियो भूमिसम्बन्धी अध्यादेश र युक्रेनको सैन्य सहयोग रोक्दै ट्रम्प | Khabarhub Khabarhub

आजका समाचार : सांसदलाई एमाले-कांग्रेसको ह्विप, अड्कियो भूमिसम्बन्धी अध्यादेश र युक्रेनको सैन्य सहयोग रोक्दै ट्रम्प


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

अध्यादेश पेश हुने भएपछि सांसदहरूलाई एमालेको पनि ह्विप
प्रमुख सत्तारूढ नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।

बुधबार बस्ने बैठकमा सरकारले पाँच वटा अध्यादेश पेश गर्न लागेपछि सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन ह्विप जारी गरेको हो । यता सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि ह्विप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको सन्देशमा अनिवार्य सबै सांसदहरूलाई उपस्थित हुन भनिएको एमालेका एकजना सांसदले बताए ।

सरकारले सदन सुरु हुन दुई साताअगाडि जारी गरेका ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम नपुगेका कारण अहिलेसम्म पेश हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँग छलफलपछि बुधबारको सदनमा भूमिसम्बन्धी अध्यादेशबाहेक ५ वटा पेश हुँदै छन् ।

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

परराष्ट्रमन्त्री भन्छिन्-विदेशमा नेपालीको समस्या बढ्दा हाम्रो काम ‘रेस्क्यु’ गर्ने मात्रै भयो

भूमिसम्बन्धी अध्यादेशको विरोध गरेको जसपाले सरकारको समर्थन कायमै राख्‍यो

चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक विमोचन

पर्यटकमैत्री व्यवहार गर्न कर्मचारीलाई गृहमन्त्रीको आग्रह

प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

‘विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गरे सहज हुन्छ’

प्रचण्डको हिसाब-अहिलेको सरकार जति लामो टिक्छ, उति धेरै फाइदा माओवादीलाई हुन्छ
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा हुने बताएका छन् । अहिलेको सरकारका गतिविधिका कारण माओवादीलाई फाइदा हुने भएपछि आफूहरू सरकार बदल्ने खेलमा नरहेको उनले बताएका छन् ।

कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यसो भनेका हुन् ।

‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो’, प्रचण्डले भने, ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को बुझ्दै गएका छन् । त्यसैले यो सरकार जति टिक्छ, माओवादीलाई उति फाइदा हुन्छ । हामी जनताबीच गइसकेका छौँ, हामीलाई जनतातिरै ठिक छ ।’

टीकापुर पुगेर प्रचण्डले रेशमलाई भने-तपाईं पनि माओवादीमै समाहित हुनूस्

वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्र छपाइ हुने

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौँ : अर्थमन्त्री

आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव

अलैँची महासंघको उद्योग तथा कृषिमन्त्रीसँग भेट : समस्या समाधान गर्ने दुवै मन्त्रीको प्रतिबद्धता

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन : नेता खनाल

ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता
ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले ग्यास उद्योगीको आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रति सिलिण्डर ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसाले बढाउने सहमति गरेको हो ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितको सरकारी वार्ता टोली र एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूबीच छलफल गर्दै ग्यास उद्योगीहरूको आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।

माघ २४ गते संघले बुझाएको १९ बुँदे ज्ञापन पत्रमाथि निगम सञ्चालक समितिको १८ गतेको बैठकले ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको प्रति सिलिण्डरमा मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको निर्णयसँगै ग्यास उद्योगीले १९ बुँदे ज्ञापनपत्र पेस गरेर गर्दै आएको आन्दोलन फिर्ता गरेका छन् । उद्योगीहरूको आन्दोलनको कारण बजारमा देखिएको ग्यासको अभाव अब अन्त्य हुने भएको छ ।

आयल निगमले भन्यो- ग्यासको मूल्य यथावत् छ
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा

ब्राउन सुगर तथा गाँजासहित छ जना प्रहरीको नियन्त्रणमा   

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह फागुन २३ गते

स्वास्थ्यमा सुधार आएपछि पूर्वयुवराज पारस शाहलाई वार्डमा सारियो

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयन

परम्परागत खेतीको विकल्प खोज्दै शैलुङका किसान

भारतको पुडुचेरीका विधायकहरू पोखरामा

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु

कपिलवस्तुको शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

जेलेन्स्कीसँगको झगडापछि युक्रेनलाई सैन्य सहायता रोक्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गरेका छन् । उनले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिएका छन् र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न प्रेरित गरेका छन् ।

यो कदम युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र ट्रम्पबीचको आश्चर्यजनक सार्वजनिक झडपको केही दिनपछि आएको हो । ट्रम्पले युद्धलाई चाँडै अन्त्य गर्न खोजिरहेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिका–युक्रेन सहायता निलम्बन ‘शान्तिका लागि सबैभन्दा राम्रो योगदान’ हो भन्दै यसले किएभ शासनलाई शान्ति प्रक्रियामा धकेल्न सक्ने बताएका छन् ।

अमेरिकी हतियारहरूको आपूर्तिमा कुनै पनि अवरोधले युद्ध क्षेत्रमा युक्रेनको रुसी आक्रमणलाई पछाडि धकेल्ने सम्भावनालाई तुरुन्तै कमजोर बनाउनेछ ।

जापानको श्रम बजार स्थिर

शान्ति सम्झौता भएन भने युक्रेनी नेता संकटमा : ट्रम्प

अमेरिकामा दादुराको प्रकोप बढ्दो

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : ४० बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको