राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल « Khabarhub

राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको आज काठमाडौँमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न खेलकुद परिषद्लाई आग्रह गरेका हुन ।

राष्ट्रिय खेलकुद परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २ देखी १० सम्मको मिति तय गरेको छ । पटक पटक मिति सरे पछि आजको बैठकमा मुख्यमन्त्री कँडेलले जेठ भन्दा पर जान नसकिने धारणा राखेका हुन ।

 मुख्यमन्त्री कँडेलले भने, ‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर त्यो भन्दा पर जान सक्ने स्थिति छैन। ख अविश्वासिलो बन्ने परिस्थिति म देख्छु ।

प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रंगशाला लगायतका कामहरूलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडी बढाइरहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पुरा गर्ने बताए । 

प्रतियोगिताको लागि निर्देशिका बनाउन कुरामा पनि मुख्यमन्त्री कँडेलले खेलकुद मन्त्रालयले समन्वय नगरेको बताए । 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : २४ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा