लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम  | Khabarhub Khabarhub

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम 


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट सुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरूबाट पहेँलो चीवर प्रदान गरी श्रामणेर प्रबज्यामा सहभागी गराइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सह–आयोजनामा आज कूलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

सङ्गनायक बोधीसेन महास्थवीर, अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थवीर धम्म शोभन, थाई धम्मदूतका फरा उपाझ्याए पभनासहित बौद्ध धर्म गुरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताए। उनले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको र यहाँको विकासका लागि थाइल्याण्ड सधैँ सहकार्य गर्न तयार रहेको बताए। 

समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भए पनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। उनले बुद्ध दर्शन समुदाय, व्यक्ति विशेष नभई मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकामा बधाई समेत दिए ।

उपाध्यक्ष डा लामाले बुद्ध दर्शन मानव दर्शन भएको बताउँदै प्रबज्यामा रहेकाले जीवनको महत्त्वपूर्ण इतिहास दर्ज गराउन सफल भएको बताए।

अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु निग्रोधले बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरूको आवश्यकता पर्ने भएकाले त्यसैका लागि प्रबज्या कार्यक्रम राखिएको बताए।  

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : ५३ बजे

सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले आज

राजावादीसँग डराए शिक्षक, माइतीघरमा बिहानै भेला हुन आग्रह

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको

प्रिमियरसीपमा तेस्रो र चौथो स्थानका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौं – म्यानचेस्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ– दश स्थानीय तह रहेको खोटाङमा ९६ प्रतिशत घरपरिवार उपभोक्ताले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठ परम्परा

म्याग्दी- धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती