प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा डडेल्धुरामाथि चार रनको जित निकालेर कैलाली फाइनलमा पुग्यो ।

जितका लागि पाएको एक सय ४६ रनको सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा ३८ दशमलव ५ ओभरमा १४१ रनमा अलआउट भयो । जसमा राहुल भण्डारीले अविजित ४४, कप्तान अर्जुन विकले ३६, निरज ऐरले २३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा सम्हालिएर खेल्न नसक्दा सेमिफाइनलबाटै बाहिरियो । बलिङतर्फ कैलालीका कप्तान नारायण जोशी र दीपक रोकायाले ३र३ र शेर मल्लले दुई विकेट हात पारे ।

यसअघि पहिला ब्याटिङ गरेको कैलाली ३३ दशमलव २ ओभरमा १४५ रनमै समेटियो । उसका टेक रावतले अर्धशतकीय पारी खेल्दै ६१, निश्चल क्षेत्री ३५, सन्दीप साउदले २४ रन हिर्काए । डडेल्धुराका लागि राहुल भण्डारीले ६, कप्तान अर्जुन विक र निरज ऐरले २,२ विकेट झारे ।

कैलालीले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा बैतडी र कञ्चनपुरमध्ये विजेता टोलीसँग खेल्नेछ । उपाधि भिडन्त तथा फाइनल खेल फागुन २२ गते हुनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : ०१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका