आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २२ गते शुक्रबार चैत शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अप्रिल ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा अवरोध सिर्जना हुने जोखिम छ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। परिवारबाट खुशी मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। राम्रो बन्न मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। कर्ममा विश्वास गर्नुपर्ने दिन छ।

मिथुन : अनावश्यक खर्च बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। कम बोल्नु फाइदा हुनेछ। परिवारसँग भने रमाइलो गर्ने अवसर मिल्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नसक्ने जोखिम छ।

कर्कट : व्यापारमा लाभ हुने योग छ। मिठो खान पाउने अवसर प्राप्त हुनेछ। परिवारबाट खुशी मिल्नेछ। आज ठुलो कामको सुरुवात गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

सिंह : सोचेको काम बन्नेछ। व्यापार बढ्नेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारमा मेलमिलाप हुनेछ। काममा हौसला प्राप्त हुने योग छ। परिवारले भन्दा बाहिरका साथीको सहयोग मिल्नेछ।

कन्या : मन अशान्त बन्ने जोखिम छ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

तुला : दिन मध्यम छ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ। श्रमको मूल्य अरुले नै पाउने जोखिम छ। परिवारमा खटपटी बढ्ने जोखिम छ। हरेक काममा मिहिनेतको खाँचो देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

वृश्चिक : धन प्राप्त हुनेछ। व्यापारबाट खुशी मिल्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। सहकर्मीबाट साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : मन शान्त बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। विपक्षी समूह सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। परिवारको साथमा छोटो घुमघाम तय हुनेछ। राज्यले सेवाको अवसर प्रदान गर्नेछ।

मकर : यात्रामा जोखिम हुने खतरा छ। लामो यात्रा नगर्नु होला। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। विश्वास गरेका साथीसमेत विपक्षी कित्तामा पुगेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

कुम्भ : आज मन अशान्त बन्ने जोखिम छ। स्वास्थ्यमा जोखिम बढ्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारमा खटपटी बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मीन : मनमा झन्झट बढ्नेछ। हरेक काममा अवरोध भए पनि मिहिनेत गर्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ०७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच