त्रिभुवन विमानस्थलका आन्दोलनरत कर्मचारीको माग सम्बोधन हुने « Khabarhub

त्रिभुवन विमानस्थलका आन्दोलनरत कर्मचारीको माग सम्बोधन हुने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले तलब नपाएका कर्मचारीको माग सम्बोधन गर्ने भएको छ ।
कर्मचारीको माग सम्बोधनका लागि नेपाल नागरिक उड्ड्यन प्राधिकरणसँग पहल भइरहेको विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कर्मचारीको समस्या समाधानका लागि पहल सुरु भएको हो । महाप्रबन्धक निरौलाले भने, ‘तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । त्यहाँबाट तलब निकासाका लागि पत्र आएमा समस्या समाधान हुन्छ । त्यसका लागि आवश्यक गृहकार्यमा छौँ ।’
विमानस्थलका सरसफाइ कर्मचारीले गत पुस महिनादेखि तलब नपाएको गुनासो गर्दै आएका छन् । विगत १० दिनदेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन । यहाँ आउने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भएको गुनासो गर्ने गरेका छन् । दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको यात्रु कर्ण बोहराले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १ : ०३ बजे

मध्यपूर्वको तनावले ओली चिन्तित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा

काठमाडौं–२ का मतदाताका मुद्दा : भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौं– आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा

राजधानी शहर छाडेर अन्तै जान तेहरानका ९० लाख बासिन्दालाई इरानी सुरक्षा परिषदको आह्वान

काठमाडौं- इरानको राष्ट्रिय सुरक्षा परिषदले राजधानी तेहरानका बासिन्दाहरूलाई सहर छोडेर

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

नयाँदिल्ली– इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना

मनाङ– हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका–५ थोँचेस्थित प्रकाश ज्योति माध्यमिक