त्रिभुवन विमानस्थलका आन्दोलनरत कर्मचारीको माग सम्बोधन हुने « Khabarhub

त्रिभुवन विमानस्थलका आन्दोलनरत कर्मचारीको माग सम्बोधन हुने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले तलब नपाएका कर्मचारीको माग सम्बोधन गर्ने भएको छ ।
कर्मचारीको माग सम्बोधनका लागि नेपाल नागरिक उड्ड्यन प्राधिकरणसँग पहल भइरहेको विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कर्मचारीको समस्या समाधानका लागि पहल सुरु भएको हो । महाप्रबन्धक निरौलाले भने, ‘तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । त्यहाँबाट तलब निकासाका लागि पत्र आएमा समस्या समाधान हुन्छ । त्यसका लागि आवश्यक गृहकार्यमा छौँ ।’
विमानस्थलका सरसफाइ कर्मचारीले गत पुस महिनादेखि तलब नपाएको गुनासो गर्दै आएका छन् । विगत १० दिनदेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन । यहाँ आउने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भएको गुनासो गर्ने गरेका छन् । दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको यात्रु कर्ण बोहराले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १ : ०३ बजे

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित