काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले गरे खर्च निकासा « Khabarhub

काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले गरे खर्च निकासा

कर्मचारीले सोमबारसम्म तलब पाउने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले खर्च निकासा गरेका छन् । खर्च निकासा गरेसँगै महानगरमा करिब चार महिनादेखि रोकिएको तलबसुविधा भुक्तानी हुने भएको छ ।

महानगरका प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार; गुरागाईंले शुक्रबार कार्यालय समयमै कमलादीस्थित कार्यकक्षमा पुगेर खर्च निकासा फाइलमा हस्ताक्षर गरेका हुन् ।

‘उहाँले (गुरागाईं) गर्नुपर्ने निकासा गर्नुभएको छ’, काफ्लेले खबरहबसँग भने, ‘भुक्तानीका कारण रोकिएका सबै काम अब अघि बढ्छ ।’

गुरागाईंले खर्च निकासा गरेसँगै कर्मचारीको खातामा तलब पनि आगामी सोमबारसम्म जाने काफ्लेले जानकारी दिए ।

आइतबार पनि सार्वजनिक बिदा भएकाले महानगरका कर्मचारीको ६ महिनादेखि रोकिएको तलब सोमबारमात्र खातामा जाने भएको हो ।

काठमाडौं टावरको विषयलाई लिएर मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्न रोकेका थिए । टावर निर्माण प्रक्रिया अनियमित रूपमा अघि बढाउन दिएर भ्रष्टाचार गरेको आरोप शाहले गुरागाईंमाथि लगाएर उनको कार्यकक्षमा ताला ठोकिदिएका थिए ।

तर, तीन महिना १४ दिनपछि बिहीबार वडाध्यक्ष र कर्मचारीहरूको जोडबलमा गुरागाईं कार्यकक्ष छिरेका थिए । उनले बिहीबार कार्यकक्षमा छिरेर हाजिर गरेपछि शुक्रबार खर्च निकासा गरिदिएका हुन् ।

बिहीबार उपमेयर सुनिता डङ्गोल, कार्यपालिका सदस्यहरू, वडाध्यक्ष र कर्मचारीले समेत साथ दिएर गुरागाईंलाई काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रवेश गराएका थिए ।

तर, उता बालेनका स्वकीय सचिव भूपदेव शाहले भने भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कार्यालयमा छिराएको भन्दै उनी दोषी देखिए यसमा सङ्लग्न सबै जेल जान तयार हुनुपर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : ०६ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना