काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले गरे खर्च निकासा « Khabarhub

काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले गरे खर्च निकासा

कर्मचारीले सोमबारसम्म तलब पाउने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले खर्च निकासा गरेका छन् । खर्च निकासा गरेसँगै महानगरमा करिब चार महिनादेखि रोकिएको तलबसुविधा भुक्तानी हुने भएको छ ।

महानगरका प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार; गुरागाईंले शुक्रबार कार्यालय समयमै कमलादीस्थित कार्यकक्षमा पुगेर खर्च निकासा फाइलमा हस्ताक्षर गरेका हुन् ।

‘उहाँले (गुरागाईं) गर्नुपर्ने निकासा गर्नुभएको छ’, काफ्लेले खबरहबसँग भने, ‘भुक्तानीका कारण रोकिएका सबै काम अब अघि बढ्छ ।’

गुरागाईंले खर्च निकासा गरेसँगै कर्मचारीको खातामा तलब पनि आगामी सोमबारसम्म जाने काफ्लेले जानकारी दिए ।

आइतबार पनि सार्वजनिक बिदा भएकाले महानगरका कर्मचारीको ६ महिनादेखि रोकिएको तलब सोमबारमात्र खातामा जाने भएको हो ।

काठमाडौं टावरको विषयलाई लिएर मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्न रोकेका थिए । टावर निर्माण प्रक्रिया अनियमित रूपमा अघि बढाउन दिएर भ्रष्टाचार गरेको आरोप शाहले गुरागाईंमाथि लगाएर उनको कार्यकक्षमा ताला ठोकिदिएका थिए ।

तर, तीन महिना १४ दिनपछि बिहीबार वडाध्यक्ष र कर्मचारीहरूको जोडबलमा गुरागाईं कार्यकक्ष छिरेका थिए । उनले बिहीबार कार्यकक्षमा छिरेर हाजिर गरेपछि शुक्रबार खर्च निकासा गरिदिएका हुन् ।

बिहीबार उपमेयर सुनिता डङ्गोल, कार्यपालिका सदस्यहरू, वडाध्यक्ष र कर्मचारीले समेत साथ दिएर गुरागाईंलाई काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रवेश गराएका थिए ।

तर, उता बालेनका स्वकीय सचिव भूपदेव शाहले भने भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कार्यालयमा छिराएको भन्दै उनी दोषी देखिए यसमा सङ्लग्न सबै जेल जान तयार हुनुपर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : ०६ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको