मधेश प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय बनाउने « Khabarhub

मधेश प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय बनाउने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर (धनुषा)– मधेश प्रदेश सरकारले जनकपुरधाममा तीन वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । जनकपुर सौन्दर्यीकरणका लागि बहुवर्षीय योजनाअन्तर्गत रु छ करोड ५० लाखको लागतमा शौचालय निर्माण गरिने जनाइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पर्यटकलाई लक्षित गरी मुख्य पर्यटकीय क्षेत्रमा शौचालय निर्माण गरिने बताए । उनका अनुसार बस पार्क, राम मन्दिरको दक्षिण र जानकी मन्दिरको दक्षिणपट्टी शौचालय निर्माण हुनेछन् ।

“जनकपुरधाम एक धार्मिक तथा सांस्कृतिक केन्द्र भएकाले यहाँ आउने भक्तजन र पर्यटकका लागि सफा र व्यवस्थित सार्वजनिक शौचालय आवश्यक छ । हामीले यही आवश्यकतालाई मध्यनजर गर्दै यस योजनालाई अघि बढाउने सोच बनाएका हौँ”, मुख्यमन्त्री सिंहले भने ।

योजना कार्यान्वयनका लागि बोलपत्र प्रक्रिया सुरु भइसकेको र यस कार्यको संयोजनका लागि प्रदेश नीति आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहलगायत सरोकार भएका निकाय र प्राविधिक रहने गरी समिति बनाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : ३५ बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी