तीनकुने घटनामा गुहार माग्दै मानवअधिकार आयोग पुग्यो राप्रपा « Khabarhub

तीनकुने घटनामा गुहार माग्दै मानवअधिकार आयोग पुग्यो राप्रपा


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत १५ गते काठमाडौंको तीनकुने प्रदर्शनका क्रममा सरकारले दमन गरेको भन्दै छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगसँग गुहार लगाएको छ ।

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहहरूको प्रदर्शनका क्रममा सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुटा मुद्दामा नेताहरूलाई पक्राउ गरिएको गुनासोसहित राप्रपा आयोगमा पुगेको हो ।

राप्रपाको प्रतिनिधिमण्डल आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर आयोगका अध्यक्ष तपबहादुर मगर र सचिव मुरारी खरेल लगायतसँग छलफल गरेको छ ।

प्रहरीले तीनकुने घटनामा हिंसाका लागि उकासेको भन्दै राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितलाई पक्राउ गरेको छ । उनीहरूसहित करिब ७० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहितका मुद्दा चलाइँदैछ । तीनकुनेटमा भएको प्रदर्शनका क्रममा गोली लागेर एकजना र जलेर पत्रकारको ज्यान गएको थियो ।

त्यसक्रममा २ महिलासहित २० जनालाई गोली लागेको थियो । उक्त प्रकरणमा आयोग पुग्ने राप्रपा महामन्त्रीद्वय राजेन्द्र गुरुङ र शरदराज पाठक, प्रवक्ता मोहन कुमार श्रेष्ठ, मुख्यसचिव केदारबहादुर अधिकारी, नेताहरू अमृत पुडासैनी, निरुपमा यादव, खुश्वु ओली, उद्धवराज भेटवाल, सजिना कार्की र रविकिरण हमाल थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ४५ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना