भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता गर्दैनौँ : मुख्यमन्त्री शाह « Khabarhub

भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता गर्दैनौँ : मुख्यमन्त्री शाह


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारमा शून्य सहनशीलताका विषयमा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन् । 

घोडाघोडी तालक्षेत्रमा शुक्रबार आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौँ जिल्ला सभा उद्घाटन गर्दै उनले भ्रष्टाचार नियन्त्रणबारे आफ्नो अडान प्रष्ट्याएका हुन् । 

‘केही दिनअघि विवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो,’ मुख्यमन्त्री शाहले भने, ‘भ्रष्टाचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशीलताको नीति लिएर अगाडि बढेको कुरा प्रष्ट हुन्छ ।’ 

उनले विवादित अडियोको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गरिनुपर्नेमा पनि जोड दिए । 

‘विवादित अडियोका सन्दर्भमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानबिनलाई अगाडि बढाउनु पर्दछ । यसमा मेरो व्यक्तिगत र प्रदेश सरकारको सहयोग रहन्छ,’ मुख्यमन्त्री शाहले भने, ‘दोषी दण्डित हुनुपर्दछ, दोषीले उन्मुक्ति पाउनु हुँदैन ।’

प्रदेश संसद् सुचारु गर्न पटक–पटक सर्वदलीय बैठक बसेको भन्दै उनले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए । शाहले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद् सुचारु हुनेमा विश्वास व्यक्त गरे ।  

एक अर्को प्रसंगमा मुख्यमन्त्री शाहले मुलुक संघीय संरचनामा गइसकेकाले संघीयताको विकल्प नरहेको पनि बताए । ‘हामीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अङ्गीकार गरेका छौँ,’ उनले भने ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ४ : ५२ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका