दार्चुलामा आप्रवासी स्रोत केन्द्र सञ्चालन « Khabarhub

दार्चुलामा आप्रवासी स्रोत केन्द्र सञ्चालन


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुलामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा रहने गरी केन्द्र सञ्चालनमा ल्याइएको हो । 

आज एक कार्यक्रमबीच केन्द्रको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले वैदेशिक रोजगारीका विषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै उनले स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले सुरक्षित वैदेशिक रोजगारी, रोजगारीमा जान आवश्यक पर्ने कागजपत्रबारे जानकारी, परामर्श, सहजीकरण गर्नेलगायत कामका लागि केन्द्रको स्थापना गरिएको जानकारी दिए। 

केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना र परामर्श सेवा उपलब्ध गराउनाका साथै वैदेशिक रोजगारीमा भइरहेको ठगी कम गराउने र ठगीमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउन, मृत्यु वा अङ्गभङ्ग भएका कामदारको हकमा वैदेशिक रोजगार बोर्ड, सम्बन्धित निकायबाट प्रदान गर्ने आर्थिक सहायताका लागि सिफारिससमेत उपलब्ध गराउने बताए ।  

सुदूरपश्चिमका सबै जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याउने उद्देश्य रहेको र केही जिल्लामा सञ्चालनमा आइसकेका अधिकृत चौधरीले जानकारी दिए ।
 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ४७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी