पत्रकारितामा महिलाको सहभागिताका लागि क्षमता अभिवृद्धि जरुरी : सचिव अर्याल | Khabarhub Khabarhub

पत्रकारितामा महिलाको सहभागिताका लागि क्षमता अभिवृद्धि जरुरी : सचिव अर्याल


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताका लागि उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज आयोजित ‘पत्रकार महिलाहरूसँगको छलफल तथा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम’ मा सरकारका प्रतिनिधि, सरोकारवाला र पत्रकार महिलाहरूले समाज रूपान्तरण, पेसागत पहिचान निर्माणका लागि पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिको आवश्यकता औँल्याए । 

मन्त्रालयका सचिव राधिका अर्यालले खोजमूलक पत्रकारितामा पत्रकार महिलाको सहभागिता बढाउन सुझाव दिइन् । उनले महिलाको अर्थपूर्ण सहभागिता र सारभूत समानता कायम भए/नभएको दृष्टिकोणबाट छलफल एवं बहसका कार्यक्रम अघि बढाउन आवश्यक रहेको चर्चा गरिन् । 

‘राजनीति, आर्थिक, जलवायु परिवर्तन र विज्ञान प्रविधिलगायतका क्षेत्रमा पत्रकार महिला कहाँ छौँ ? प्रभाव पार्न सक्ने, पहिचान दिन सक्ने ठाउँमा हाम्रो सहभागिता बढाउनुपर्छ’, उनले भनिन् । 

सचिव अर्यालले पेसागत क्षमता अभिवृद्धिसँगै गुणस्तर कायम गर्न आग्रह गरिन् । उनले मन्त्रालयले निर्माण गरेका नीति तथा कानुन परिमार्जन हुने क्रममा रहेकाले छलफलबाट उठेका विषय सहयोगी हुने बताइन् । 

अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले समाज रूपान्तरण र मुलुकको समृद्धिका लागि महिला सशक्तीकरणसँगै पत्रकार महिलाको भूमिकाबारे चर्चा गरे । 

उनले महासङ्घले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति कार्यान्वयन गर्ने सञ्चार संस्थालाई पुरस्कृत गर्ने तयारी गरिरहेको समेत उल्लेख गरे । 

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफू महासङ्घको नेतृत्वमा रहँदा ‘पोलिसी डिपार्चर’ सुरु गरिएको बताए । तत्कालीन समयमा महासङ्घले सकारात्मक विभेदको अभ्यासको सुरुआत गरेको स्मरण गर्दै उनले सोही नीतिका कारण नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता बढेको बताए  । 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ५५ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध