पत्रकारितामा महिलाको सहभागिताका लागि क्षमता अभिवृद्धि जरुरी : सचिव अर्याल « Khabarhub

पत्रकारितामा महिलाको सहभागिताका लागि क्षमता अभिवृद्धि जरुरी : सचिव अर्याल


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताका लागि उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज आयोजित ‘पत्रकार महिलाहरूसँगको छलफल तथा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम’ मा सरकारका प्रतिनिधि, सरोकारवाला र पत्रकार महिलाहरूले समाज रूपान्तरण, पेसागत पहिचान निर्माणका लागि पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिको आवश्यकता औँल्याए । 

मन्त्रालयका सचिव राधिका अर्यालले खोजमूलक पत्रकारितामा पत्रकार महिलाको सहभागिता बढाउन सुझाव दिइन् । उनले महिलाको अर्थपूर्ण सहभागिता र सारभूत समानता कायम भए/नभएको दृष्टिकोणबाट छलफल एवं बहसका कार्यक्रम अघि बढाउन आवश्यक रहेको चर्चा गरिन् । 

‘राजनीति, आर्थिक, जलवायु परिवर्तन र विज्ञान प्रविधिलगायतका क्षेत्रमा पत्रकार महिला कहाँ छौँ ? प्रभाव पार्न सक्ने, पहिचान दिन सक्ने ठाउँमा हाम्रो सहभागिता बढाउनुपर्छ’, उनले भनिन् । 

सचिव अर्यालले पेसागत क्षमता अभिवृद्धिसँगै गुणस्तर कायम गर्न आग्रह गरिन् । उनले मन्त्रालयले निर्माण गरेका नीति तथा कानुन परिमार्जन हुने क्रममा रहेकाले छलफलबाट उठेका विषय सहयोगी हुने बताइन् । 

अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले समाज रूपान्तरण र मुलुकको समृद्धिका लागि महिला सशक्तीकरणसँगै पत्रकार महिलाको भूमिकाबारे चर्चा गरे । 

उनले महासङ्घले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति कार्यान्वयन गर्ने सञ्चार संस्थालाई पुरस्कृत गर्ने तयारी गरिरहेको समेत उल्लेख गरे । 

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफू महासङ्घको नेतृत्वमा रहँदा ‘पोलिसी डिपार्चर’ सुरु गरिएको बताए । तत्कालीन समयमा महासङ्घले सकारात्मक विभेदको अभ्यासको सुरुआत गरेको स्मरण गर्दै उनले सोही नीतिका कारण नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता बढेको बताए  । 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ५५ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट