युवा विद्यार्थीलाई सृजनशील हुन मन्त्री दाहालको आग्रह | Khabarhub Khabarhub

युवा विद्यार्थीलाई सृजनशील हुन मन्त्री दाहालको आग्रह


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिमा सृजनशील भएर लाग्न युवा तथा विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), झापा काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा आज आयोजित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका उनले आफ्नो ज्ञान, सीप र क्षमता स्वदेशमा नै उपयोग गर्दै समाजवादको लक्ष्य प्राप्तितर्फ लाग्न आह्वान गरे । 

जीवन उपयोगी, व्यावसायिक तथा उत्पादनमुखी शिक्षालाई सरकारले प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र केही हुँदैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताए ।

राजनीतिक अस्थिरताको अन्त्य गर्दै विकास निर्माण र समृद्धिको यात्रालाई प्रभावकारी बनाउन एमाले पहिलो शक्ति हुन जरुरी रहेको पनि उनले बताए । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने गरी आ–आफ्नो क्षेत्रमा काम गर्न उनको आग्रह छ । 

कार्यक्रममा झापाबाट काठमाडौं आई अध्ययन गर्ने क्रममा गत स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसबाट निर्वाचित हुने अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरूलाई बधाई ज्ञापन गरिएको मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालले जानकारी दिए ।
 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : १५ बजे

हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व

बागमती– हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन

ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं– ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले शुक्रबार (आज) पेरुका

धितोपत्र बोर्डको सदस्यमा सीए शर्मा नियुक्त 

काठमाडौं– नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यका रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि तोकियो बुक क्लोज मिति

काठमाडौं–नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज

भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं–भारतीय फाइनान्सको नाममा रहेको नबिल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा