युवा विद्यार्थीलाई सृजनशील हुन मन्त्री दाहालको आग्रह « Khabarhub

युवा विद्यार्थीलाई सृजनशील हुन मन्त्री दाहालको आग्रह


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिमा सृजनशील भएर लाग्न युवा तथा विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), झापा काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा आज आयोजित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका उनले आफ्नो ज्ञान, सीप र क्षमता स्वदेशमा नै उपयोग गर्दै समाजवादको लक्ष्य प्राप्तितर्फ लाग्न आह्वान गरे । 

जीवन उपयोगी, व्यावसायिक तथा उत्पादनमुखी शिक्षालाई सरकारले प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र केही हुँदैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताए ।

राजनीतिक अस्थिरताको अन्त्य गर्दै विकास निर्माण र समृद्धिको यात्रालाई प्रभावकारी बनाउन एमाले पहिलो शक्ति हुन जरुरी रहेको पनि उनले बताए । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने गरी आ–आफ्नो क्षेत्रमा काम गर्न उनको आग्रह छ । 

कार्यक्रममा झापाबाट काठमाडौं आई अध्ययन गर्ने क्रममा गत स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसबाट निर्वाचित हुने अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरूलाई बधाई ज्ञापन गरिएको मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालले जानकारी दिए ।
 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : १५ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११