गृहमन्त्री भन्छन्- व्यवस्थाप्रति वितृष्णा फैलाउन पूर्वराजाका समर्थकले तीनकुनेमा हिंस्रक घटना घटाए  « Khabarhub

गृहमन्त्री भन्छन्- व्यवस्थाप्रति वितृष्णा फैलाउन पूर्वराजाका समर्थकले तीनकुनेमा हिंस्रक घटना घटाए 


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अराजकतामार्फत संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यका साथ पूर्वराजाका समर्थकहरूले तीनकुनेमा हिंस्रक घटना घटाएको बताएका छन् ।

आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताए । 

उनले आगामी दिनमा संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माणमा सरकार थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे  ।

‘शान्तिपूर्वक भेला हुन पाउने संविधानप्रदत्त अधिकारको अवमूल्यन हुने गरी भएको तोडफोड, विध्वंस तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो भनेर अनुमानसम्म गर्न सकिँदैन ।’ उनले भने, ‘आगामी दिनमा यस प्रकारका गैरजिम्मेवार, अराजक र उद्दण्डतापूर्ण गतिविधि हुन नदिन सरकार प्रतिबद्ध छ । यस किसिमका अराजक गतिविधिमा संलग्न नहुन आम नागरिकहरूमा अनुरोधसमेत गर्दछु ।’

उनले यस्ता कार्य अक्षम्य र भर्त्सनायोग्य रहेको उल्लेख गर्दै यसको जिम्मा आयोजक र संलग्नहरूले लिनुपर्ने बताए । 

लोकतन्त्र मास्न खोज्नेहरूको पहिलो निशानामा सञ्चार जगत् रहन्छ भन्ने कुरा खोजीखोजी सञ्चार गृहमा भएको आक्रमणबाट समेत पुष्टि हुने बताउँदै उनले सरकारले सञ्चारकर्मी र सञ्चार गृहको सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाए ।

कार्यक्रमस्थलबाट अगुवा भनिएका व्यक्तिहरूले नै भीडलाई उत्तेजित बनाउने गरी सबै साथीहरू परपर बसेर हेर्ने होइन, अगाडि बढ्नोस्, संसद् भवनलाई इङ्गित गर्दै बानेश्वरतर्फ अगाडि बढ्नुहोस् जस्ता निर्देशन दिएपछि अनियन्त्रित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले मौखिक रूपमा पटक पटक सचेत गराएको लेखकको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य धवलशम्शेर राणासहित आपराधिक कार्यमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिँदै मन्त्री लेखकले जसमध्ये ६६ जनामाथि जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको र अन्य ८९ जनालाई परिवार एवं आफन्तको जिम्मा लगाएर छाडिएको बताए ।
 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : १७ बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना