गृहमन्त्रीको निष्कर्ष- तीनकुने घटना संविधान र व्यवस्थालाई बदनाम गराउने राजावादीको योजनाको परिणाम « Khabarhub

गृहमन्त्रीको निष्कर्ष- तीनकुने घटना संविधान र व्यवस्थालाई बदनाम गराउने राजावादीको योजनाको परिणाम


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अराजकता फैलाएर संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने एकमात्र उद्देश्यकासाथ राजावादी समूहले तीनकुनेमा हिंसक घटना गराएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताएका हुन् ।

उनले आगामी दिनमा संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार थप क्रियाशील भई काम गर्ने विश्वास दिलाए ।

शान्तिपूर्वक भेला हुन पाउने संविधानप्रदत्त अधिकारको अवमूल्यन हुनेगरी भएको तोडफोड, विध्वंश तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो भनेर अनुमानसम्म गर्न नसकिने उनले बताए ।

‘आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार संविधानतः सुनिश्चित हुँदाहुँदै अराजक शैलीमा भएको घटनाको कानुनी र नैतिक दायित्व यसका आयोजक र संलग्नले नै लिनु पर्दछ भन्ने कुरामा सरकार प्रष्ट छ’, उनले भने, ‘त्यहीअनुसार गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीमाथि कानुन बमोजिम कारबाही गरिने कुरामा विश्वस्त रहन आग्रह गर्छु ।’

गृहमन्त्री लेखकले आगामी दिनमा यस्ता गैरजिम्मेवार, अराजक र उदण्डतापूर्ण गतिविधि हुन नदिन सरकार प्रतिवद्ध रहेको बताए । ‘यस किसिमका अराजक गतिविधिहरुमा संलग्न नहुनसम्मानीत समितमार्फत आम नागरिकहरूमा हार्दिक अपिल समेत गर्दछु’, उनले भने ।

मन्त्री लेखकले संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिनाहातहतियार शान्तिपूर्वक भेला हुन पाउने नागरिक अधिकारको चरम अवमूल्यन हुनेगरी व्यक्तिका निजी सम्पत्ति, सञ्चारगृह, दलका कार्यालय, व्यापारिक केन्द्र तथा सवारी साधनमा भएको तोडफोड, विध्वंश र आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भनेर अनुमानसम्म पनि सभ्य समाजले गर्न नसक्ने बताए ।

‘घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रुपमा अराजकता फैलाउने आपराधिक तथा विध्वंशात्मक कार्य हो भन्ने कुरामा विवाद हुनै सक्दैन। आफ्ना असहमतिहरु शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ’, उनले भने, ‘तर अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भर्त्सनायोग्य छ।’

लोकतन्त्र मास्न खोज्नेहरुको पहिलो निशानामा संचारजगत रहन्छ भन्ने कुरा संचारगृहमा खोजी खोजी भएको आक्रमण भएबाट पुष्टि हुने बताउँदै उनले सरकार संचारकर्मी र सञ्चारगृहको सुरक्षामा संवेदनशील रहेको उल्लेख गरे ।

आगामी दिनमा संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार थप क्रियाशील भई काम गर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : २३ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर