रवि पक्राउ पर्ने भएपछि रास्वपा नेताहरु छलफलमा जुटे « Khabarhub

रवि पक्राउ पर्ने भएपछि रास्वपा नेताहरु छलफलमा जुटे


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्। पार्टी सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश दिएसँगै नेताहरु जुम बैठकमार्फत अनौपचारिक छलफलमा जुटेका हुन् ।

छलफलमा भोलि चितवनको कार्यक्रम सभापति बिना नै अगाडि बढाउने या रोक्ने भन्ने विषयमा कुराकानी भइरहेको बुझिएको छ । केही नेताहरु सभापति निवासमा पुगेका छन् भने केही नेताहरू जुम मार्फत जोडिएका छन्।

यसअघि जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरले सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

यता रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत एक स्टाटस लेख्दै आफूले आजै गिरफ्तारी दिने बताउँदै भोलिका लागि तय भएको चितवनको भेला नरोक्न नेताहरुलाई निेर्दशन दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ ।चितवनको सभा नरोक्नुस्।’

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : २० बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको