मेक्सिकोमा सेना पठाउने ट्रम्पको प्रस्ताव अस्वीकार गरेको खुलासा « Khabarhub

मेक्सिकोमा सेना पठाउने ट्रम्पको प्रस्ताव अस्वीकार गरेको खुलासा


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियनबमले आफ्नो देशमा सेना पठाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकार गरेको बताएकी छिन्।

सियनबमले लागूपदार्थ ओसार पसार नियन्त्रण गर्न ट्रम्पले सेना पठाउने प्रस्ताव राखेको बताएकी छिन्।

शनिबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सियनबमले ट्रम्पले अपराध र लागूऔषधको समस्यासँग लड्नका लागि ट्रम्पले प्रस्ताव गरेको र त्यसलाई अस्वीकार गरेको बताएकी हुन्।

सियनबमले आफ्नो देश स्वतन्त्र र सार्वभौम भएका कारण त्यस भूभागमा सेना अस्वीकार कार्य हुने बताएकी छन्।

वाल स्ट्रिट जर्नलमा ट्रम्पले मेक्सिकोलाई सामूहिक रूपमा अपराधको विरुद्धका लड्नका लागि सेना राख्न दबाब दिइरहेको समाचार प्रकाशित भएको एक दिनपछि यो रिपोर्ट बाहिर आएको हो।

जनवरी महिनामा दोस्रो कार्यकालमा लागि ह्वाइट प्रवेश गरेपछि ट्रम्पले लगातार मेक्सिको क्यानडा लगायत देशमा लागूऔषधको प्रसङ्ग निकालेर आक्रामक अभिव्यक्ति दिने गरेका छन्। उनले दुई देशले अवैध लागूऔषध फेन्टायल अमेरिका जान दिएको समेत आरोप लगाएका छन्।

शनिबार नै सियनबमले ट्रम्पसँग सूचना साझेदारी गर्दै दुई मिलेर लागूऔषध नियन्त्रण गर्न प्रस्ताव गरेको बताइन्। उनले सीमाबाट हतियार आवजजावत रोक्नका लागि नयाँ कार्यक्रमका लागि पनि ट्रम्पसँग प्रस्ताव गरेको बताइन्। उनले आफ्नो देशमा अमेरिकाबाट हतियार आउने कुरामा गम्भीर रहेको समेत बताइन्।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : २८ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित