नेपाल कम्पोस्ट सचेतना सप्ताह मनाइँदै « Khabarhub

नेपाल कम्पोस्ट सचेतना सप्ताह मनाइँदै


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘दिगो समुदाय कम्पोस्टबाट सुरु हुन्छन्’ भन्ने मूल नाराका साथ ‘नेपाल कम्पोस्ट सचेतना सप्ताह २०८२’ विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ ।

नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा हुने उक्त सप्ताहमा कम्पोस्टिङ तथा फोहर व्यवस्थापन, कृषि, कौसीखेती तथा यससम्बन्धी विभिन्न व्यवसायी संलग्न हुने छन् ।

विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलस्वरूप गठित नेपाल कम्पोस्ट कन्सोर्टियमले यस सप्ताहलाई कम्पोस्टिङसँग सम्बन्धित जनचेतना अभिवृद्धि, व्यवहार परिवर्तन र स्थानीय समाधान प्रवर्द्धन गर्ने उद्देश्य राखिएको पूर्वमन्त्री गणेश साहले जानकारी दिए ।

विगत २६ वर्षदेखि अन्तर्राष्ट्रिय कम्पोस्ट सचेतना सप्ताह निरन्तर आयोजना हुँदै आएको र यस वर्ष पनि अङ्ग्रेजी मे महिनाको पहिलो हप्ता भव्यताका साथ विश्वका विभिन्न स्थानमा मनाइँदै छ ।

नेपालमा पहिलोपटक कम्पोस्टिङ तथा फोहर व्यवस्थापनमा संलग्न विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलस्वरूप गठित नेपाल कम्पोस्ट कन्सोर्टियमले २०८२ साल वैशाख २१ देखि २७ गतेसम्म काठमाडौँका विभिन्न स्थानसहित देशका विभिन्न भागमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

सप्ताहभरि विभिन्न विद्यालय, विश्वविद्यालय, स्थानीय तह, सामुदायिक संस्था तथा वातावरणमैत्री व्यवसायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । साताव्यापी कार्यक्रमअनुसार आज बिहान ७ बजेदेखि ९ बजेसम्म भृकुटीमण्डपबाट वसन्तपुरसम्म कम्पोस्टिङ तथा फोहर व्यवस्थापनमा संलग्न विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलमा कम्पोस्ट सचेतना र्‍यालीकाे आयोजना गरिएकाे छ ।

यस कार्यक्रमले हरेक नेपाली नागरिकलाई घरदेखि कार्यालय, विद्यालयदेखि उद्योगसम्म आफ्नो जैविक फोहरलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गरी कम्पोस्ट उत्पादनमा लाग्न प्रेरित गर्ने विश्वास गरिएको छ ।

नेपाल कम्पोस्ट कन्सोर्टियमले सरकारी, गैरसरकारी, शैक्षिक, निजी क्षेत्र तथा नागरिक समाजसँगको सहकार्यमा देशभर कम्पोस्ट तथा जैविक फोहर व्यवस्थापनलाई व्यवहारमा उतार्न दीर्घकालीन प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ५५ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण