सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको चन्द्रपुर नगरपालिका– ४ स्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक विपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ ।

हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका– ३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनीको दाहिने खुट्टा, ढाड र अन्डकोषमा चोट लागेर  गम्भीर घाइते भएका थिए ।

सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

त्यस्तै मोटरसाईकलको पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो । उर्मिला देवीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे  डक्टरले मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १२ : ०५ बजे

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली