माओवादी पदाधिकारी बैठक जारी : ‘तराई–मधेश अभियान’ को समीक्षा हुँदै « Khabarhub

माओवादी पदाधिकारी बैठक जारी : ‘तराई–मधेश अभियान’ को समीक्षा हुँदै


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । आजको बैठकमा ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को समीक्षा भइरहेको पार्टी सचिव राम कार्कीले खबरहबलाई जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले ४५ दिनसम्म तराई मधेसका २० जिल्ला भ्रमण गरेर त्यहाँको स्थितिका विषयमा स्थानीयसँग अन्तर्क्रिया गरेको थियो ।

वैशाख १७ गते अभियान सकेको माओवादीले अभियानबाट आएका सुझावलाई समेटेर प्रतिवेदन बनाउने बताएको छ ।

अभियानको नेतृत्व अध्यक्ष प्रचण्ड आफैँले गरेका थिए । अभियानमा पदाधिकारी र जिल्ला नेताहरूको उपस्थिति थियो ।

यो यात्रामा माओवादीलाई २० जिल्लाका स्थानीयले ज्ञापन–पत्र र मानपत्र दिएको र त्यसलाई सम्बन्धित निकायमा पुर्‍याउन पार्टीले पहल गर्ने उपमहासचिव शक्ति बस्नेतको भनाइ छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ४८ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित