१ सय २८ वर्षीय योगगुरुको निधन « Khabarhub

१ सय २८ वर्षीय योगगुरुको निधन


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योगगुरु बाबा शिवानन्दको निधन भएको छ । उनको उमेर १ सय २८ वर्ष दाबी गरिएको छ ।

शनिबार राति बनारसमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सास फेर्न कठिन भएपछि तीन दिनअघि उनी बनारस हिन्दू विश्वविद्यालयको अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

बनारसस्थित हरिशचन्द्र घाटमा उनको अन्तिम सँस्कार गरिने आज तकले उल्लेख गरेको छ ।

उनलाई सन् २०२२ मा पद्मश्री सम्मान प्रदान गरिएको थियो । उनी पूरा जीवन ब्रम्हचारी नै रहेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाबा शिवानन्द बाबाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै बाबाको जीवनले भारतका हरेक पुस्तालाई प्रेरित गरिरहने उल्लेख गरेका छन् ।

उनको जन्म सन् १८९६ को अगस्ट ८ मा हाल बंगलादेशमा पर्ने श्रीहट्टीमा भिक्षुक ब्राम्हण परिवारमा भएको दाबी गरिएको छ । उनी सानैदेखि धर्मकर्म र योग साधनामा लागेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ५० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल