१ सय २८ वर्षीय योगगुरुको निधन « Khabarhub

१ सय २८ वर्षीय योगगुरुको निधन


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योगगुरु बाबा शिवानन्दको निधन भएको छ । उनको उमेर १ सय २८ वर्ष दाबी गरिएको छ ।

शनिबार राति बनारसमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सास फेर्न कठिन भएपछि तीन दिनअघि उनी बनारस हिन्दू विश्वविद्यालयको अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

बनारसस्थित हरिशचन्द्र घाटमा उनको अन्तिम सँस्कार गरिने आज तकले उल्लेख गरेको छ ।

उनलाई सन् २०२२ मा पद्मश्री सम्मान प्रदान गरिएको थियो । उनी पूरा जीवन ब्रम्हचारी नै रहेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाबा शिवानन्द बाबाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै बाबाको जीवनले भारतका हरेक पुस्तालाई प्रेरित गरिरहने उल्लेख गरेका छन् ।

उनको जन्म सन् १८९६ को अगस्ट ८ मा हाल बंगलादेशमा पर्ने श्रीहट्टीमा भिक्षुक ब्राम्हण परिवारमा भएको दाबी गरिएको छ । उनी सानैदेखि धर्मकर्म र योग साधनामा लागेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ५० बजे

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका