पाकिस्तानमाथि आक्रमण गर्ने भारतको तयारी, प्रधानमन्त्री मोदी र वायुसेना प्रमुख सिंहबीच भेटवार्ता « Khabarhub

पाकिस्तानमाथि आक्रमण गर्ने भारतको तयारी, प्रधानमन्त्री मोदी र वायुसेना प्रमुख सिंहबीच भेटवार्ता


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पाकिस्तानमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला आइतबार भारतीय वायुसेना प्रमुखले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्धको जोखिम बढेर गएका बेला भेटवार्ता भएको हो ।

आजतकका अनुसार भारतीय वायुसेनाका एअर चिफ मार्शल अमरप्रीत सिंहले प्रधानमन्त्री निवासमा मोदीसँग भेटवार्ता गरेका छन् । त्यसअघि हिजोमात्रै भारतीय नौसेनाका प्रमुख एडमिरल दिनेश के त्रिपाठीले पनि मोदीसँग भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा सेनाप्रमुखले प्रधानमन्त्री मोदीलाई सैन्य तयारी र सतर्कताबारे जानकारी गराएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय प्रधानमन्त्री मोदीले सैन्य अधिकारीसँग भेटवार्तालाई तीव्र बनाइरहेका छन् ।

पहिलो पटक मोदीले गत २६ अप्रिलका दिन रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल, चिफ अफ डिफेन्स स्टाफका प्रमुख जनरल अनिल चौहान र तीनै सैन्य विभागका प्रमुखसँग बैठक गरेका थिए । त्यस बैठकका क्रममा मोदीले भारतीय सेनालाई पाकिस्तानविरुद्ध हुने कुनै पनि सैन्य कारवाहीको निर्णय गर्ने पूर्ण अधिकार प्रदान गरेका थिए ।

त्यसपछि गत ३० अप्रिलका दिन पनि प्रधानमन्त्री मोदीले स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीसँग बैठक गरेका थिए । बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल पनि सहभागी थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ५२ बजे

गगनको जवाफ : कांग्रेसको कमिटी भंग भइसकेको छ, निर्वाचन आयोगमा गइसकेका छौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय

प्रभु बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं– प्रभु बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा बबरमहलस्थित प्रधान

जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी

एजेन्सी– जापानकी प्रधानमन्त्री साने ताकाइचीले बुधबार सत्तारूढ दलका वरिष्ठ अधिकारीहरूलाई

पाँच वर्षे कारबाही सुनेपछि विश्वप्रकाशले सोधे : यी ८ बुँदामा कुनचाहिँ कांग्रेस र देशको अहितमा थिए ?

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट

नबिल बैंकका अध्यक्ष चौधरीले ग्रहण गरे शपथ

काठमाडौं– नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले