रोजगारीका लागि हातमा आवश्यक सिप हुन जरुरी : श्रममन्त्री भण्डारी « Khabarhub

रोजगारीका लागि हातमा आवश्यक सिप हुन जरुरी : श्रममन्त्री भण्डारी


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारी पाउनका लागि हातमा आवश्यक सिप हुनुपर्ने बताएका छन् ।  

आइतबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले देशभित्र रोजगार पाउनका लागि आवश्यक सिप भए रोजगारीका थुप्रै अवसरहरू उपलब्ध हुने बताएका हुन । 

उनले हातमा आवश्यक सिप भए देश भित्र पनि रोजगारको प्रबल सम्भावना रहेको दाबी गरे । मन्त्री भण्डारीले भने, देश भित्र पनि सिपयुक्त कामदारका धेरै माग छन्, तर सिप नहुँदा बाहिरबाट आएका मान्छेहरू नेपालमा काम गरी रहेका छन् । तर, हाम्रा युवाहरू थोरै सेवा सुविधामा विदेशी रहेका छन् ।’

देश भित्रका विभिन्न क्षेत्रमा रोजगारीको अवसरहरूको खोजी भइरहेको बताउँदै आवश्यक तालिम र सिप दिएर तिनीहरूलाई रोजगारसँग जोड्नु पर्ने उनले बताए । 

उनले भने, ‘देश भित्रका परम्परागत व्यवसायीलाई संरक्षण गर्नुपर्छ । तर, आधुनिक व्यवसायीलाई पनि अँगाल्दै बजार विस्तार गर्न अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउनु पर्छ । यसले मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पुग्नेछ ।’

मन्त्री भण्डारीले काम गरेर खानु भनेको सम्मान र इज्जतदार काम हो, बुझाउन नसक्दा युवाहरू देशभित्रै काम नगरी बिदेसिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘कामलाई सम्मान र आवश्यक तालिम दिएर दक्ष जनशक्ति तयार गर्न अब ढिला गर्नु हुँदैन । मिहिनेत र काम गर्ने संस्कृतिको विकास गर्नु जरुरी छ ।’

उनले देशभित्रका सबै आर्थिक सूचकहरू सुधार हुँदै गएको जिकिर गर्दै अगामी दिनमा देशभित्र आन्तरिक रोजगारीको अवसरहरू पनि सृजना हुने दाबी गरे । 

मन्त्री भण्डारीले ग्रील तथा स्टील व्यवसायी क्षेत्रलाई अझै सम्मानित क्षेत्र बनाउन आग्रह गर्दै यस क्षेत्रमा लागेका प्रत्येक व्यक्तिले टाउको उठाएर काम गर्ने व्यवसायीको रूपमा काम गर्न आग्रह गरे । 

उनले देशभित्र आन्तरिक रोजगार सृजना गर्नका लागि नेपाल सरकार, श्रम मन्त्रालय सबै सरोकारवाला पक्षसँग सहकार्य गर्न तत्पर रहेको स्पष्ट पार्दै देशभित्रका रोजगारीको अवसरहरू उजागर गर्न ढिला गर्न नहुने जिकिर गरे । 

मन्त्री भण्डारीले  आन्तरिक र वैदेशिक रोजगारीलाई ७ सय ५३ स्थानीय तहसम्म विस्तार गर्न भर्खरै लन्च गरिएको श्रमसंसार पोर्टल मार्फत रोजगारीका अवसर,सीपमूलक तालिम, कामदारको माग तथा आवश्यक सम्पूर्ण सेवाहरू एकद्वार प्रणाली मार्फत डिजिटाइसेजन सेवा सुरुवात गरिएको बताउँदै सबैलाई त्यसमा आबद्ध हुन आव्हान गरे ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ४ : ४४ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त