चुरेका किसानलाई अनुदानमा मिनी टिलर वितरण « Khabarhub

चुरेका किसानलाई अनुदानमा मिनी टिलर वितरण


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चुरे गाउँपालिका–४ खैरालाका किसानलाई मिनी टिलर वितरण गरिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले व्यावसायिक रूपमा कृषि पेसामा आबद्ध  १८ जना किसानलाई ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर हस्तान्तरण गरेको हो ।

केन्द्रका अनुसार रु ७० हजार मूल्य पर्ने मिनी टिलरको ३५ हजार रुपैयाँ अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । मागमा आधारित कार्यक्रममार्फत किसानलाई मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ ।  

चुरेलाई व्यावसायिक अदुवा, बेसार, सुन्तला, मौसमी, अमिलो तथा केराखेतीका लागि उर्वर भूमिका रूपमा लिने गरिएको बताउँदै केन्द्रका सूचना अधिकारी दुर्गा ओझाले किसानलाई मिनी टिलर वितरणले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गरिन् । 

उनले जोत्न प्रयोग गरिने गोरु पाल्न छाडेपछि खेतीपातीमा समस्या हुँदा खेतबारी बाँझै हुन नदिन र किसानलाई खेतीपातीमा उत्साहित गर्न केन्द्रले पालिकासँगको समन्वयमा अनुदानमार्फत मिनी टिलर वितरण गरेको बताइन् । 

सूचना अधिकारी ओझाले भनिन्, ‘एकातिर किसानले गाईगोरु पाल्न छाडेका र अर्कोतिर परम्परागत भन्दा यान्त्रिक उपकरणले खनजोत गर्दा कम लागत पर्ने र छिटोछरितो हुने भएकाले किसानको मागअनुसार मिनी टिलर वितरण गरेका हौँ ।’ कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई मिनी ट्र्याक्टर उपलब्ध गराइएको केन्द्रले जनाएको छ । 

चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रूपमा चिनिँदै आएकाले किसानलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउने विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सूचना अधिकारी ओझाले उल्लेख गरिन् । सोहीअनुसार मिनी ट्र्याक्टर उपलब्ध गराइएको उनको भनाइ छ । 
 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ४ : १४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल