लामाले जिते ‘कार्ल्सबर्गको कोपनहेगन ट्रीप’  « Khabarhub

लामाले जिते ‘कार्ल्सबर्गको कोपनहेगन ट्रीप’ 


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्ल्सबर्गको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । यस एकदिवसीय गल्फ प्रतियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् ।

प्रतियोगिताका विजेताहरूलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।

‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता-२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए ।

त्यस्तै ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते ।

त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंक सहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै सुस्मिता खड्का महिलातर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ‘ कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले ‘लङगेस्ट ड्राइभ’को उपाधि जितेका थिए ।

त्यसैगरी मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरूलाई ट्रफी र कर्ल्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : १२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने