एमालेको नजरमा नीति तथा कार्यक्रम उत्कृष्ट, परिणाममुखी बजेट ल्याउन सरकारलाई सुझाव « Khabarhub

एमालेको नजरमा नीति तथा कार्यक्रम उत्कृष्ट, परिणाममुखी बजेट ल्याउन सरकारलाई सुझाव


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा एमालेले यही वैशाख १९ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम उत्कृष्ट रहेको ठहर गरेको छ ।

आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको हो ।

अब नीति कार्यक्रम जस्तै आगामी बजेट ठोस र परिणाममुखी हुनुपर्ने सुझाव पदाधिकारी सदस्यहरूले दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा ध्यान दिनुपर्ने, योजनाको प्राथमिकीकरण, कृषि क्षेत्रको आत्मनिर्भर लगायत कुरामा ख्याल गर्नुपर्ने सुझाव आएको उनले बताएका छन् ।

स्रोतको अधिकतम् ध्यानमा राखेर बजेट ल्याउन पनि सुझाव दिइएको ज्ञवालीले उल्लेख गरे । बैठकले सरकारले शिक्षक र चिकित्सकहरूसँग गरेको सहमतिको स्वागत गर्दै सरकारलाई धन्यवाद दिने निर्णय गरेको उनले बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ५७ बजे

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका