एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहितका नेता एमालेमा फर्किए « Khabarhub

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहितका नेता एमालेमा फर्किए


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान लगायतका नेताहरू एमालेमा नै फर्किएका छन् ।

खानसँगै सो पार्टीका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य ऋषि गजुरेल र वाग्मती प्रदेश सदस्य शैलेन्द्र राउत पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् ।

उनीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई लगायतले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका थिए । कार्यक्रममा नेपा एमाले ललितपुर जिल्लाका केन्द्रीय नेताहरू, जिल्ला अध्यक्षलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।

महासचिव पोखरेलले नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनीहरूको अनुभव र योगदानले एमालेलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । देशको वर्तमान राजनीतिक अवस्थामा एमालेको भूमिका र आगामी कार्यदिशाबारे पनि उनले चर्चा गरे ।

एमालेमा फर्किएका भएको नेताहरूले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । उनीहरूले एमालेको नीति र विचारबाट प्रभावित भएर आफ्नै पुरानो पार्टीमा फर्किएको बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : ०७ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित