कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच « Khabarhub

कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका छन् । एक सातासम्म चलेको प्रशिक्षणमा ८० जनाले यो नाच सिकेका हुन् ।

कुमाल समुदायको संस्कृति लोप हुँदै जान थालेपछि नयाँ पुस्तालाई नाच सिकाउन नेपाल कुमाल समाज तनहुँले व्यास नगरपालिका–९ कुमालगाउँमा एक सातासम्म प्रशिक्षण सञ्चालन गरेको थियो । गत वैशाख १५ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । प्रशिक्षणमा चार टोलीबाट ८० प्रशिक्षार्थी सहभागी भएको समाजका अध्यक्ष आलोक कुमालले जानकारी दिए ।

जिल्लाभर विभिन्न ठाउँमा बसोबास गर्ने कुमाल समुदायलाई एकैठाउँमा भेला गरी पाउदुरे नाचबारे प्रशिक्षण दिइएको उनको भनाइ छ । अध्यक्ष कुमालले भने, “कुमाल समुदायको यो संस्कृति लोप हुन नदिने हाम्रो मुख्य उद्देश्य हो । त्यसैले नयाँ पुस्तालाई पाउदुरेमा आकर्षित गर्न प्रशिक्षण सञ्चालन दिएका हौँ ।”

पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृति भए भए पनि पछिल्लो समय अधिकांश लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको अध्यक्ष कुमालले बताए।

पाउदुरे नाच यहाँको घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नाच्ने गरिन्छ । यस नाचको छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव नहुने जानकारहरू बताउछन् । अध्यक्ष कुमाल भने, “यो नाचका विभिन्न चरण हुने गर्छन् । गीतको मिठास महशुस गर्नका लागि गहिरिएर सुन्नुपर्छ जसमा रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर नाच नचाइने गरिन्छ ।”

रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मका गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णबारे गाइन्छ । गीतको शैली फरक फरक भए पनि भाव एउटै हुन्छ ।

प्रशिक्षण समापन कार्यक्रममा व्यास नगर उपप्रमुख इन्दिरा दरैले संस्कार र संस्कृति बिर्सन नहुने बताए । उनले भने, “व्यास नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको कला, संस्कृति, रितीरिवाज संरक्षणमा प्रतिबद्ध छौँ ।”

जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका तथा म्याग्दे र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास रहेको छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार सात सय २७ रहेको कुमाल समाज तनहुँले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : १६ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले