पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रबाट पाँच जना प्रहरी अपहरण « Khabarhub

पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रबाट पाँच जना प्रहरी अपहरण


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

क्वेटा – पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले जेल भ्यानमा आक्रमण गरी पाँच जना प्रहरीलाई अपहरण गरेको दाबी गरेको छ ।

शुक्रबार राति ३० देखि ४० जना सशस्त्र व्यक्तिहरूले बलुचिस्तान प्रान्त पार गर्ने एउटा मुख्य राजमार्ग अवरुद्ध गरी प्रहरीको निगरानीमा रहेको जेल भ्यानलाई रोक्का पारेको प्रहरी अधिकारीले जानकारी दिए ।

“कैदीहरूलाई पछि छोडिएको थियो, तर पाँच जना प्रहरी अपहरणमा परेका छन्,” एक उच्च प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा एएफपीलाई बताए । उनका अनुसार अपहरणमा परेका प्रहरीको उद्धारका लागि अभियान जारी छ ।

उक्त समूहले त्यस क्षेत्रमा रहेका केही सरकारी भवन र एक बैङ्कमा समेत आगजनी गरेको जनाइएको छ । एक सरकारी अधिकारीले जानकारी दिए अनुसार सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन् ।

पाकिस्तान विगत केही दशकदेखि बलुचिस्तानमा पृथकतावादी विद्रोहको सामना गरिरहेको छ, जहाँ राज्य सुरक्षा बल, विदेशी नागरिक तथा गैर–स्थानीय नागरिकहरू आक्रमणको निशानामा पर्छन् । उक्त क्षेत्रको सबैभन्दा सक्रिय समूह बलुच लिबरेशन आर्मी ९बीएलए० ले कलात जिल्लामा भएको आक्रमणको जिम्मा लिएको छ।

बीएलएले विगतमा विदेशी लगानीमा निर्माण भइरहेका ऊर्जा परियोजना, विशेषगरी चीनद्वारा समर्थित योजनाहरूलाई लक्षित गर्दै आएको छ । यस वर्ष मार्चमा सोही समूहले एक रेल नियन्त्रणमा लिई सयौं यात्रुहरूलाई बन्धक बनाएको थियो र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : ४४ बजे

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका