झापा सवारी दुर्घटना : ९ महिनामा ७० जनाको मृत्यु « Khabarhub

झापा सवारी दुर्घटना : ९ महिनामा ७० जनाको मृत्यु


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

उनका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् । त्यस अवधिमा एक हजार ४१३ सवारीसाधन दुर्घटना भएकामा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई/दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका छन् ।

कार्यालय प्रमुख पौडेलले त्यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ हजार ५९४ सवारीसाधन कारबाहीमा परेका बताए । उनका अनुसार कारबाहीबाट रु तीन करोड चार लाख दुई हजार राजस्व सङ्कलन भएको छ ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारीचालकलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । नौ महिनामा चार हजार १३४ पटक जनचेतनामूलक कार्यक्रम हुँदा एक लाख ६५ हजार दुई ४९ जना मानिस लाभान्वित भएका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ०६ बजे

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी