डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन « Khabarhub

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

डोल्पा – डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि सङ्कलकका लागि खुला गर्ने निर्णय गरेको हो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ । जिल्लाका सयौं बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छन् । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् ।

यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । सङ्कलकले एक महिनाको समयमा सबै पाटनमा प्रवेश शुल्क तिरेर यार्सागुम्बा सङ्कलनको अनुमित पाउने गरेका छन् । निकुञ्ज क्षेत्रका वन प्रवेशका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रवेश शुल्क लिने छ भने मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुले सेवा शुल्कबापतको छुट्टै शुल्क लिन पाउनेछन् ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रका नागरिकले रु ५००, डोल्पा जिल्लाभित्रका नागरिकले रु दुई हजार र जिल्लाबाहिरका नागरिकले रु तीन हजार प्रवेश शुल्क तिरेर मात्र वन प्रवेश गर्न पाउनेछन् । एक सामुदायिक वनबाट अर्को सामुदायिक वनमा यार्सा सङ्कलनका लागि प्रवेश गरेमा उक्त सामुदायिक वनले सङ्कलकबाट सेवा शुल्क बापतको छुट्टै रु ५०० रकम लिन पाउनेछन् ।

डिभिजन वनअन्तर्गतका यार्सा पाटनमा भने सामुदायिक वनले प्रवेश शुल्क लिने गरेका छन् । आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले विभिन्न ११ वटा निर्णयसमेत गरेको छ । निर्णय सबैलाई हित हुनेगरी भएको र कार्यान्वयन हुनेमा पनि विश्वस्त रहेको जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ३९ बजे

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली