विपक्षी नेता ली दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित « Khabarhub

विपक्षी नेता ली दक्षिण कोरियाको राष्ट्रपति निर्वाचित


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

सोल – दक्षिण कोरियाको राष्ट्रपति पदको निर्वाचनमा विपक्षी नेता ली जाय म्युङले सफलता पाएका छन्। सैन्य शासनका कारण ६ महिनादेखि विवादमा रहेको दक्षिण कोरियामा मंगलबार निर्वाचन भएको हो।

यस ६ महिनाको अवधिमा राष्ट्रपति योन सुक योलविरुद्धमा विरोध प्रदर्शन हुनुका साथै महाभियोग पनि लागेको थियो। जितका बाबजुद लीका लागि समय कठिन छ।

देशभित्र ध्रुवीकरण त्यत्तिकै छ भने देश बाहिरको अवस्था पनि असहज छ। दक्षिण कोरियाको नजिकको सम्बन्ध रहेको अमेरिकाले अहिले आयात करमा जोड दिएको छ। लीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी दिनमा गर्ने वार्ता पनि महत्त्वपूर्ण हुने छ।

गएको साता देखि भएको सर्वेक्षणमा उनलाई पछ्याइरहेका युनकै क्याबिनेटका किम मुन सुले लीलाई बधाई दिइसकेका छन्। लीले दक्षिण कोरियामा प्रजातान्त्रिक मूल्य र मान्यतामा प्रश्न उठेकै कारण यसलाई फेरि प्रजातन्त्रका प्रति विश्वास दिलाउन आवश्यक रहेको बताए।

६१ वर्षीय लीले तीन वर्ष अघि युनसँग झिनो मतले पराजयको सामना गरेका थिए। उनीविरुद्ध अहिले पनि भ्रष्टाचारका थुप्रै अभियोग यथावतै छन्। विशेषज्ञले यो निर्वाचन परिणामलाई युनले घोषणा गरेको सैन्य शासनपछि पिपुल्स पावर पार्टीलाई बेवास्ताको रूपमा पनि लिइएको छ।

दक्षिण कोरियामा समस्या अझै यथावतै छन्। उनको विरुद्धमा निर्वाचन कानुनको अवज्ञा गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा यथावतै छ। यस सुनुवाइले निर्वाचन परिणामलाई असर गर्ने भएका कारण सुनुवाइ रोकिएको हो। ली दोषी ठहर भएपछि के हुने भन्ने अझै यकिन छैन।

कलेजमा गएर मानव अधिकार वकिल हुनुअघि कामदार वर्गको परिवारमा जन्मेका लीले कठिन बाल्यकाल बिताएका थिए। सन् २०२२ मा राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै राष्ट्रपतिको उम्मेदवार भएका उनले लैङ्गिक असमानतालाई मुद्दा उठाएका थिए।

दक्षिण कोरियाको प्रशासन ली र युनको दलको नाममा विभाजित छ। उनका लागि यो समयमा सन्तुलन मिलाएर काम गर्नु अर्को चुनौती हो।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ६ : ५४ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन