आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम « Khabarhub

आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

संविधान अनुसार प्रदेश प्रमुखले प्रदेश सरकारको सिफारिसमा नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने प्रावधान छ । नीति तथा कार्यक्रममा आगामी वर्षका लागि प्रदेश सरकारको प्राथमिकता, नीति निर्देशिका, विकास योजनाहरू र कार्यक्रमहरू समावेश गरिनेछ। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभामा छलफल भइसकेको छ । प्रदेशले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ ।

यो गण्डकीको आठौं नीति तथा कार्यक्रम हो । नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नमिल्दा आशातीत विकास हुन नसकेको भन्दै प्रदेश सरकारको आलोचना बढ्दै गएको छ ।

गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको कार्यप्रगति र नागरिकका आवश्यकता अनुसार आगामी वर्षमा कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा विशेष कार्यक्रम ल्याइने अपेक्षा गरिएको छ। प्रदेश सरकारको नेतृत्व कांग्रेसका सुरेन्द्रराज पाण्डेले गरेका छन् ।

पोहोर जेठ १४ मा सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा बहाली भएका पाण्डे नेतृत्वको सरकारले निकै हतारमा नीति तथा कार्यक्रम र बजेट ल्याउनु परेको थियो ।

त्यस तुलनामा भने अहिले सरकारसँग प्रशस्त समय थियो । पोहोर भदौमा एमाले प्रदेश सरकारमा सामेल भएको थियो । गठबन्धन सरकारले समावेशी तथा दिगो विकासलाई प्राथमिकतामा राख्ने बताउँदै आएको छ।

प्रदेशको आर्थिक वृद्धिदर संघ र अरु प्रदेशको तुलनामा राम्रो रहे पनि संघले दिने अनुदानमा कटौती हुँदा जाँदा र आन्तरिक राजस्व उठाउन नसक्दा बजेटको अंक घट्ने आँकलन गरिएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल भएर पारित हुनेछ। त्यसपछि असार १ गते आगामी आर्थिक वर्षको बजेट निर्माण कार्य अगाडि बढ्नेछ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : ४८ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने