नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू) « Khabarhub

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेसँगै नयाँ बसपार्कमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुको भीड देखिन थालेको हो ।

दशैंका लागि काठमाडौंमा रहेका नागरिकहरू धमाधम आफ्नो गाउँघर फर्किन थालेका छन्। विशेषगरी लामो दूरीका सवारीसाधनमा यात्रुको चाप बढेको व्यवसायीहरूले बताएका छन्।

यात्रुको सहजताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुला हुने जनाइएको छ। अग्रिम टिकट खुलेसँगै दशैंको मुख्य समयमा घर फर्किने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको छ।

नयाँबसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो, तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन्। 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ५ : ५९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको