दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा व्यावसायिक खुर्सानीखेती « Khabarhub

दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा व्यावसायिक खुर्सानीखेती


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा एक हजार रोपनी क्षेत्रफल जमिनमा अकबरे खुर्सानीखेती गरिएको छ । दोर्दी गाउँपालिकामा ७०० र मस्र्याङ्दी गाउँपालिकामा ३०० रोपनी गरी उक्त क्षेत्रफलमा खुर्सानीखेती गरेको हो । 

गाउँपालिकाको प्राविधिक सहयोग र अनुदानमा दुई पालिकाका किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरेका हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानीखेतीका लागि ३० लाख बजेट विनियोजन गरेको थियो । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढीकरण कार्यक्रमअन्तर्गत अकबरे खुर्सानीखेतीका लागि विनियोजित बजेटबाट खुर्सानीखेतीका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। उनका अनुसार व्यावसायिक खेती गर्ने कृषकलाई पालिकाले प्राविधिक सहयोगसँगै मल्चिङ, खुर्सानीको बीउमा ५० प्रतिशत अनुदान दिएको छ । 

गाउँपालिकाका अनुसार यसअघि गत वर्ष दोर्दी गाउँपालिका–४ बाँसबोट, कामचोक र साँधिखोला गाउँमा किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरेका थिए । परम्परागत रुपमा कोदोखेती गर्दैआएको जमिनमा खुर्सानीखेती गरेका किसानहरुले राम्रो आम्दानी गरेपछि यसवर्ष पालिकाले खुर्सानी पकेट क्षेत्र विस्तार गरेको कृषि शाखा प्रमुख निराजन पौडेलको भनाइ छ । 

गत वर्ष पनि अकबरे खुर्सानीखेती गरेको वडा ४ स्थित साना किसान सहकारीले यस वर्ष १२ रोपनी क्षेत्रफलमा खुर्सानीखेती गरेको छ । परीक्षणको रुपमा पहिलो पटक गत वर्ष अकबरे खुर्सानीखेती सुरु गरी राम्रो आम्दानी गर्न थालेपछि दोर्दीका किसान यसपटक उत्साहित बनेका छन् । गत वर्ष उक्त समूहले २० लाख बढी आम्दानी गरेको बताइएको छ । 

यस वर्ष लगाइएको खुर्सानी ४०० देखि ५०० मेकिट्र टन उत्पादन हुने र करिब रु पाँच करोड आम्दानी गर्ने अनुमान रहेको कृषि शाखा प्रमुख पौडेलले बताए। उनले भने, ‘कम लागतमा धेरै आम्दानी गर्न गर्न सकिने बाली खुर्सानी रहेको र यसको बजारको माग पनि राम्रो रहेको छ । त्यस्तै, मस्र्याङ्दी गाउँपालिकाको नौ वटै वडामा गरेर ३०० रोपनी क्षेत्रफलमा अकबरेको व्यावसायिक खेती गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो’, उनले भने, ‘अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले अभियान सञ्चालन गरिएको र यसले पालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएका छौँ । अकबरे खेतीका लागि गाउँपालिकाले २० लाख विनियोजन गरेको थियो ।’
 
यसमध्ये १० लाख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सहयोग गरेको छ । आयोजनाको क्षेत्रमा पर्ने वडा नंं १, २, ३, ४ र ९ का लागि गाउँपालिकामार्फत एक्यापले रकम उपलब्ध गराएको थियो । अकबरे खेतीका लागि गाउँपालिकाले बिरुवामा ८० प्रतिशत र मल्चिङ प्लाष्टिकका लागि ५० प्रतिशत अनुदान दिएको गाउँपालिकाले जनाएको छ । यहाँका किसानले कम्तीमा एक रोपनी र बढीमा १० रोपनीसम्म खेती गरेका छन् । 

किसानले उत्पादन गरेको अकबरेको बजारीकरणका लागि पालिकाले सहयोग गर्ने भएको छ । बजारीकरणका लागि पालिकामै मासिक हाटबजारको व्यवस्थासँगै जनता एग्रो कम्पनीसँग बिक्री सम्झौता भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । जिल्लामा उत्पादन कम हुँदा हालसम्म बाहिरी जिल्ला र भारतबाट ल्याएको खुर्सानी स्थानीयले खरिद गरेर प्रयोग गर्दै आएको छ । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १२ : २७ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष