एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ « Khabarhub

एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा बुधबारदेखि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ ।

इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।

बैंकका अनुसार ग्राहकले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन् । सो सेवामार्फत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँ सम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् ।

यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्ने बैंकले जनाएको छ । 

साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकद्वारा जानकारी गराइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : ४० बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा