वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू पठाइदिने भन्दै लामो समयसम्म झुक्याएर नपठाई सम्पर्कविहीन भएको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा महोत्तरी घर भई ललितपुर बस्ने ५५ वर्षीय वीर बहादुर घिसिङ र महोत्तरी नै घर भई कोटेश्वर बस्ने ३९ वर्षीय दिनेश खड्का रहेका छन् । 

पक्राउ परेका मध्ये घिसिङले नर्वे र डेनमार्क पठाउने भन्दै दुई जनाबाट ५ लाख १० हजार रुपैयाँ र खड्काले पोर्चुगल पठाइदिन्छु भन्दै एक जनाबाट दश लाख रुपैयाँ लिएको भन्दै पीडितले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू माथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ६ : ३० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ