राजावादी अब जिल्ला फर्कने नवराजको घोषणा « Khabarhub

राजावादी अब जिल्ला फर्कने नवराजको घोषणा

नवदुर्गा पार्टी प्यालेसमा किन भयो होहल्ला ?


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादीहरु अब जिल्लातिर फर्कने भएका छन् । अबको आन्दोलन काठमाडौंका विभिन्न पालिकामा जारी राख्दै ७७ वटै जिल्लामा केन्द्रित हुने संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले जनाएका छन् ।

बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सुवेदीले भनेका छन्, ‘संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको वैठक आज सम्पन्न भयो । उक्त वैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भयो । वैठकमा सहभागीहरुको उत्साह प्रशंसनीय रहेको थियो ।’

वैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सबैमा हार्दिक आभार प्रकट गरेको सुवेदीले बताए । वैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले निम्न अनुसार कार्यक्रम तय गरेको सुवेदीले जानकारी दिए–

१‍. पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गर्ने ।

२. काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी राख्ने ।

३. काठमाडौंका अतिरिक्त देशका विभिन्न प्रमुख शहरहरुमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गर्ने ।

४. आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने ।

५. देशका विभिन्न जिल्लाहरुमा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरुको समूह तयार गर्ने ।

६. देशका विभिन्न जिल्लामा आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौँ केन्द्रित गर्ने ।

नवदुर्गा पार्टी प्यालेसमा किन भयो होहल्ला ?

धुम्बाराहीको नवदूर्गा पार्टी प्यालेसमा बुधबार दिउँसो राजावादी आन्दोलनका अगुवाहरुको बैठक डाकिएको थियो । बैठकको उद्देश्य आगामी दिनमा राजा फर्काउने आन्दोलन कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेर ठोस निचोड निकाल्ने रहेको थियो ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उपस्थित नै भएनन् । उनी संसदमा व्यस्त भएकाले आउन नसक्ने खबर पाएपछि उग्र राजावादी युवाले कार्यक्रममै प्रश्न गरे– संसद चाहिएको कि राजसंस्था ?

कमल थापाले बोल्नै लाग्दा हुटिङ भयो र नवराज सुवेदीले माइक हातमा लिएर बैठक सकिएको जानकारी दिए । लगत्तै, युवा पुस्ताका राजावादीहरुले ‘अब बूढाहरुबाट पार लाग्दैन’ भन्दै बेग्लै बैठक आयोजना गरे ।

आन्दोलनमा सहभागी ४५ घटकका नेताहरु मात्रै कार्यक्रममा सहभागी हुने भनिएको थियो । तर, आन्दोलनकारी जत्थासमेत त्यहाँ प्रवेश गर्‍ यो र नेताहरुलाई भाषण हैन, आन्दोलनमा लागौं भन्दै हल्दा मच्चाएको सहभागी एक नेताले बताए ।

बैठकमा पसेका पत्रकार एवं युट्युबरहरुलाई सम्वोधन गर्दै स्वागत नेपालले मिडियाकर्मी साथीहरु बाहिर गइदिनुहोला, यो हाम्रो आन्तरिक छलफल हो भनेर आग्रह गरेका थिए । तर, मिडियाकर्मीहरु उल्टै, त्यहाँको भनाभनको भिडियो खिच्नतिर लागेपछि कार्यकर्ताले मिडियाकर्मीलाई बाहिर जानोस् भन्दै हप्काएको सुनिन्थ्यो ।

कार्यक्रममा सहभागी धर्मगुरु श्रीनिवासले हिन्दु धर्मले अनुशासित हुन सिकाउने बताउँदै सबैलाई शान्त र अनुशासित भइदिन आग्रह गरे । तर, गुरुको आग्रह राजावादीहरुले नै मानेनन् । र, कमल थापा बोल्ने बेलामा भीडले अझ होहल्ला बढायो । त्सय लगत्तै हामी सल्लाह गरेर कार्यक्रम तय गर्छौं भन्दै बैठक समापन भएको घोषणा गरे ।

अन्ततः साँझ सुवेदीले एकतर्फी रुपमा जिल्ला केन्द्रित हुने कार्यक्रम घोषणा गरे । तर, यसमा राप्रपाको सहमति, असमति के छ, प्रष्ट भएको छैन ।

नवराज सुवेदी निकट एक राजावादी अभियन्ता खबरहबसँग भन्छन्, ‘बुधबार पार्टी प्यालेसमा आन्दोलनकारीवीच झगडा भएको होइन, ४५ जना मात्रै बस्ने बैठकमा अरु पनि छिरेपछि विषयकेन्द्रित छलफल हुन नपाएको मात्र हो । यस्तो ‘क्लोज मिटिङ’ पार्टी प्यालेसको हलमा गर्नुको साटो राप्रपाको कार्यालय वा अन्त कुनै बन्द कोठामा गरेको भए यस्तो हुने थिएन ।’

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : ५० बजे

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना