दोलखामै पहिलोपटक मृगौलाको डायलासिस सेवा सुरु  « Khabarhub

दोलखामै पहिलोपटक मृगौलाको डायलासिस सेवा सुरु 


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दोलखा– पशुपति चौलागाईं प्रादेशिक अस्पताल दोलखामा मृगौलाको डाइलाइसिस सेवा सुरु गरिएको छ। अस्पतालले गत शुक्रबारबाट डाइलाइसिस सेवा सुरु गरेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालका अध्यक्ष सुभाष रिमालले बताए।

उनका अनुसार दोलखामै पहिलोपटक  उक्त रोगको सेवा प्रारम्भ गरिएको जानकारी दिए। उनले भने डाइलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक १ जनाबाट सेवा प्रवाह गरिएपनि आगामी केही साताभित्र दैनिक ३-४ जनासम्मलाई सेवा दिइनेछ । अस्पतालमा गत शुक्रवार देखि हालसम्म ६ दिनको अवधिमा ४ जनाको सुखद उपचार गरेको जानकारी दिए ।

अस्पतालले छुट्टाछुट्टै डाइलाइसिस भवन तथा वार्डको व्यवस्थापन गरेर लामो समय पछि जिल्लामै मृगौला रोगको डायलासिस सुरु गरेको हो ।उक्त रोगको जिल्लामा उपचार नहुँदा यस अघि महँगो शुल्कमा काठमाडौँ पुगेर उपचार गर्नुपर्ने बाध्यता थियो तर अब सहज रूपमा दोलखाको चरिकोटबाटै ग्रामीण क्षेत्रका बिरामीले डायलासिस गराउन सक्ने अध्यक्ष रिमालले बताए। शुरूवाती समयमा परीक्षणको रूपमा निशुल्क ४ जनाको डाइलाइसिस गरिएको रिमालले बताए ।अन्यत्र जादा बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन पशुपति चौलागाईं स्मृति अस्पतालमै डायलाइसिस सेवा सुरु गरिए हो। ५० बेड क्षमता रहेको उक्त अस्पतालमा मृगौला डायलासिसको लागि ७ बेड राखिएको छ ।

अस्पताल प्रशासनले अहिले डाइलाइसिस विभागको नियमित सेवा विस्तारको लागि ७ बेडसँगै ३ जना मेडिकल अफिसर,५ जना नर्सको व्यवस्था मिलाएको छ ।मृगौलाको डाइलाइसिस गर्न बिरामीको लागि निकै खर्चिलो रहेको समेत अध्यक्ष रिमाल बताउँछन् ।

साता ३ पटक नियमित मृगौलाको अनिवार्य डाइलाइसिस गर्नुपर्ने हुन्छ। जसको लागि एक पटकको ६ हजार शुल्कमा लाग्नेरहेछ।आर्थिक अभाव र सामान्य मान्छेलाई उपचार गराउन समस्या हुने गर्छ। 

राज्यले मृगौलाको निः शुल्क डायलाइसिस गर्ने भने पनि  जनशक्ति अभाव र उपकरण अभावको कारण महँगो शुल्क तिरेर जनशक्ति ल्याउनुपर्ने हुँदा बिरामीले कम्ती एक पटक सेवा लिएको अन्यत्र उपचार गर्न जाँदा ६ हजार शुल्क तिर्नुपर्ने हुन्छ। यस अस्पतालमा सुरुवाती समयमा हामीले शुल्क नलिकन मृगौलाको हेमोडायलाइसिस गरिरहेका छौँ अध्यक्ष रिमालले भने,

साथै उक्त अस्पतालले अत्याधुनिक उपकरण सहित हाडजोर्नी सेवा पनि विस्तार गरेको जनाएको छ। अब दोलखा आसपासका मिर्गौलापीडित तथा हाडजोर्नी रोगका बिरामीलाई डाइलाइसिस तथा हाडजोर्नी सेवा लिनका लागी बाहिर जिल्ला जानुपर्ने बाध्यता हटेको छ । अब डाइलाइसिस गराउनकै लागि काठमाडौं लगायत अन्य ठूला सहर धाउनु पर्ने बाध्यता बिरामी र उनका आफन्तले मुक्ति पाउने भएका छन् ।

साथै जिल्लाका अन्य मिर्गौलापीडित बिरामीलाई समेत अध्यक्ष रिमालले जिल्लामै पहिलोपटक सुरु गरिएको मृगौला डायलासिस सेवा लिन अनुरोध गरे।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : ४५ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।