पोखरा विश्वविद्यालयद्वारा विभिन्न संकायका डिन नियुक्त « Khabarhub

पोखरा विश्वविद्यालयद्वारा विभिन्न संकायका डिन नियुक्त


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विभिन्न संकायका डिन तथा परीक्षा नियन्त्रक नियुक्त गरेको छ ।

कार्यकारी परिषद्को मंगलबार भएको बैठकको निर्णय अनुसार पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम विभिन्न निर्णय गरिएको हो ।

स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्राडा विष्णुराज तिवारीलाई स्वास्थ्य विज्ञान संकायको डिन नियुक्त गरिएको छ । कार्यकारी परिषद्ले पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सहप्राध्यापक ई। बुद्धिराज जोशीलाई विज्ञान तथा प्रविधि संकायको डिन र स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका उपप्राध्यापक डा सुरेन्द्र तिवारीलाई मानविकी तथा सामाजिक शास्त्र संकायको डिन पदमा नियुक्त गरेको हो ।

सोही बैठकले पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका उपप्राध्यापक राजु पाण्डेयलाई पोखरा विश्वविद्यालय पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०५५ को नियम १५ (३) बमोजिम परीक्षा नियन्त्रक पदमा नियुक्त गरेको छ ।

नियुक्त भएका सबैको कार्यकाल चार वर्ष छ । नवनियुक्त पदाधिकारीलाई पोखरा विश्वविद्यालयको उपकुलपति कार्यालयमा बुधबार आयोजित समारोहबीच उपकुलपति प्राडा वेदराज केसीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ८ : ५२ बजे

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही