‘राहत वितरणमै भोका प्यालेस्टाइनीमाथि गोली चल्यो’ « Khabarhub

‘राहत वितरणमै भोका प्यालेस्टाइनीमाथि गोली चल्यो’


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा राहत वितरण गरेको इजरायल र अमेरिकाको संस्थामा आबद्ध पूर्व सुरक्षा सम्बन्धी ठेकेदारले गम्भीर आरोप लगाएका छन्। बिबिसीसँगको कुराकानीको क्रममा उनीहरुले राहत वितरणका लागि पुगेका संस्थाका व्यक्तिले धेरै पटक भोका प्यालेस्टाइनीमाथि गोली चलाएको आरोप लगाएका हुन्।

एक पटक राहत लिन गएकाहरू विस्तारै हिँडेको भन्दै सुरक्षा निकायले गोली चलाएको समेत उनले बताएका छन्।

गाजा ह्युमनेटेरयन फाउन्डेसन (जिएचएफ)ले भने सो आरोपलाई अस्वीकार गरेको छ। जिएचएफले आगो लागि रहेको समयमा पनि त्यसै स्थानबाट राहत लिन मानिस आउने गरेको बताए।

इजरायलले गाजामा ११ सातासम्म राहत वितरणमा अवरोध गरेपछि जिएचएफले मेको अन्त्यमा राहत वितरण सुरु गरेको थियो।

यसपछि सेनाको माझबाट नै मानिसहरू राहत लिन जाने गरेका थिए। जिएचएफले राहत वितरण सुरु गरेपछि चार सय जना प्यालेस्टाइनी राहत लिन जाने क्रममा मारिएको राष्ट्र सङ्घ तथा त्यस क्षेत्रसँग सम्बन्धित चिकित्सकले बताएका छन्।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : ५१ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला