‘राहत वितरणमै भोका प्यालेस्टाइनीमाथि गोली चल्यो’ « Khabarhub

‘राहत वितरणमै भोका प्यालेस्टाइनीमाथि गोली चल्यो’


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा राहत वितरण गरेको इजरायल र अमेरिकाको संस्थामा आबद्ध पूर्व सुरक्षा सम्बन्धी ठेकेदारले गम्भीर आरोप लगाएका छन्। बिबिसीसँगको कुराकानीको क्रममा उनीहरुले राहत वितरणका लागि पुगेका संस्थाका व्यक्तिले धेरै पटक भोका प्यालेस्टाइनीमाथि गोली चलाएको आरोप लगाएका हुन्।

एक पटक राहत लिन गएकाहरू विस्तारै हिँडेको भन्दै सुरक्षा निकायले गोली चलाएको समेत उनले बताएका छन्।

गाजा ह्युमनेटेरयन फाउन्डेसन (जिएचएफ)ले भने सो आरोपलाई अस्वीकार गरेको छ। जिएचएफले आगो लागि रहेको समयमा पनि त्यसै स्थानबाट राहत लिन मानिस आउने गरेको बताए।

इजरायलले गाजामा ११ सातासम्म राहत वितरणमा अवरोध गरेपछि जिएचएफले मेको अन्त्यमा राहत वितरण सुरु गरेको थियो।

यसपछि सेनाको माझबाट नै मानिसहरू राहत लिन जाने गरेका थिए। जिएचएफले राहत वितरण सुरु गरेपछि चार सय जना प्यालेस्टाइनी राहत लिन जाने क्रममा मारिएको राष्ट्र सङ्घ तथा त्यस क्षेत्रसँग सम्बन्धित चिकित्सकले बताएका छन्।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : ५१ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग