कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ? « Khabarhub

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड विरुद्धको दोस्रो टेस्टमा पकड बनाएको छ। गिलको २६९ रनको योगदानसहित भारतले ५८७ रन बनाएपछि ब्याटिङ गरेको इङ्गल्यान्डले बिहीबार दोस्रो दिनको खेल सकिँदा तीन विकेटको क्षतिमा ७७ रन जोडेको छ।

इङ्गल्यान्डको बर्मिङघममा जारी टेस्टमा घरेलु टोलीका जोए रुट १८ तथा हेरी ब्रुक ३० रनमा अविजित छन्।

२११ रनमा ५ विकेट गुमाएको भारतका लागि गिलले रवीन्द्र जडेजासँग मिलेर छैटौँ विकेटका लागि २०३ तथा वासिङ्टन सुन्दरसँग मिलेर सातौँ विकेटका लागि १४४ रनको साझेदारी गरे। जडेजाले ८९ तथा सुन्दरले ४२ रन जोडे।

इङ्गल्यान्डका साहेब बसिरले तीन विकेट लिए। इङ्गल्यान्डले पारीको सुरुवातमा नै आफ्ना शीर्ष ब्याट्सम्यान गुमाएको थियो। जसप्रित बुमराहलाई आराम दिइएपछि मौका पाएका आकाश दीपको बलमा गिलले शानदार क्याच गर्दै बेन डकेटलाई शून्यमा आउट गरे। यसको लगत्तै ओलिप पोप आउट भए। इङ्गल्यान्डले २५ रनमा नै तेस्रो विकेट गुमाएको हो।

गिलको सानदार दोहोरो शतकले विभिन्न कीर्तिमान कायम गरेको छ। गिलको २६९ स्कोर टेस्ट क्रिकेमा भारतीय कप्तानले बनाएको सबैभन्दा उच्च स्कोर हो। यसअघि दक्षिण अफ्रिकाविरुद्ध २०१९ मा विराट कोहलीले २५४ रन बनाएका थिए। गिलको यो स्कोरले त्यो कीर्तिमान तोडेको छ।

गिलको २६९ स्कोर एसिया बाहिर टेस्टमा भारतीय ब्याट्सम्यानले बनाएको सबैभन्दा उच्च हो। २००४ मा एससीजीमा सचिन तेन्दुलकरको २४१ रन बनाएका थिए।

सन् २००४ मा पाकिस्तानमा वीरेन्द्र सहवागको ३०९ र रावलपिंडीमा राहुल द्रविडको २७० रन बनाएपछि विदेशी टेस्टमा भारतीय ब्याट्सम्यानले बनाएको गिलको २६९ रन तेस्रो उच्चतम स्कोर हो। गिलको नाममा यो स्कोरले यस्ता धेरै कीर्तिमान कायम भएका छन्।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : १६ बजे

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री रामवीर

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय