सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी « Khabarhub

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय जुलियो सेजर चाँभेजलाई गिरफ्तार गरेको छ। अमेरिकी अधिकारीका अनुसार सङ्गठित अपराधमा संलग्न भएकाले उनलाई डिपोर्ट गर्ने तयारी गरिएको छ।

गिरफ्तार हुनु केही दिन अघि उनी क्यालिफोर्नियामा भएको फाइटमा जेक पाउलसँग पराजित भएका थिए। अमेरिकी अधिकारीले उनी लागुपदार्थ ओसार पसारमा संलग्न भएको आरोप लगाएका छन्। सो आरोपलाई सेजरका वकिलले अस्वीकार गरेका छन्।

सेजर मेक्सिको बक्सिङ इतिहासकै सर्वकालिक उत्कृष्ट ठहर भएका जुलियो सेजर चाँभेज सिनियरका छोरा हुन्। होमल्यान्ड सेक्युरिटी कार्यालयबाट जारी विज्ञप्ति अनुसार सेजर जुनियर गोला बारुद र विस्फोटक पदार्थ ओसार पसार गर्नुका साथै अन्य सङ्गठित अपराधमा संलग्न भएको आरोपमा उनी माथि मेक्सिकोमा पनि वारेन्ट जारी गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा कार्यालयमा प्रवेश गरेको पहिलो दिन नै आतङ्ककारी घोषित सिनाओला कार्टेलमा पनि उनी आबद्ध भएको अनुमान गरिएको छ। गत वर्ष अमेरिकी नागरिकसँग विवाह गरेपछि उनले स्थायी बसोबासमा लागि निवेदन दिएका थिए।
यसअघि पनि उनी धेरै पटक गिरफ्तार भएका थिए। यसरी गिरफ्तार भएका उनी धेरै पटक हात हतियारको विषयमा गिरफ्तार भएका हुन्।

सन् २०२३ मा पनि स्थानीय न्यायालयले उनलाई हतियार ओसार पसारको आरोपमा गिरफ्तारको आदेश दिएको थियो।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ३६ बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म