अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता « Khabarhub

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ । यससँगै रूस अफगानिस्तानको तालिवान शासनलाई औपचारिक मान्यता दिने पहिलो देशको सूचीमा चढेको छ । 

रूसको उक्त निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले ‘साहसिक’ निर्णय भनेका छन् । उनीसँग काबुलमा भएको भेटका क्रममा रूसका राजदूत दिमित्री जरिनोभले आफ्नो देशको निर्णयका बारेमा जानकारी दिएका थिए । 

सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिवानले मानवाधिकार उल्लंघनका घटनाका बीच पनि अन्तर्राष्ट्रिय मान्यता र लगानीका लागि माग गरेको थियो । तालिवान सत्तामा फर्किएपछि पनि अफगानिस्तानमा रहेको आफ्नो दूतावास बन्द नगर्ने मुलुकमा रूस पनि पर्दछ ।

सन् २०२२ ममा तालिवानका साथ अन्तर्राष्ट्रिय आर्थिक सम्झौतामा हस्ताक्षर गर्ने पहिलो देश पनि रूस नै हो । सम्झौताअनुसार रूस अफगानिस्तानलाई तेल, ग्यास र गहुँ आपूर्ति गर्न सहमत भएको थियो ।

रूसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले गत अप्रिलमा तालिवानलाई रूसले आतंकवादी संगठनको सूचीबाट हटाएको थियो । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्षको जुलाई (२०२४)मा आतंकवादसँगको लडाईमा तालिवानलाई ‘सहयोगी’ भनेका थिए । 

तालिबानका प्रतिनिधिहरू सन् २०१८ को सुरुवातमा वार्ताका लागि रूसको राजधानी मास्को गएका थिए । यद्यपि, दुबै देशको इतिहास अत्यन्तै जटिल छ । सन् १९७९ मा सोभियत संघले सुरु गरेको अफगानिस्तान विरुद्धको युद्ध नौ वर्षसम्म चलेको थियो ।

उक्त युद्धमा सोभियत संघका १५ हजार सैनिक मानिएका थिए । सन् १९८९ को फेब्रुअरीमा सोभियत संघका सेनाहरू अफगानिस्तानबाट फिर्ता भएका थिए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १० : ३९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग