डुबेर तीन जनाको मृत्यु « Khabarhub

डुबेर तीन जनाको मृत्यु


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर भएका ५ वर्षीय सफेल अन्सारीको बिहीबार दिउँसो मृत्यु भएको छ । 

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, सिराहाको लहान नगरपालिका-१८ सोभापुर बस्ने मोहमद बजिरकी छोरी १३ वर्षीया अलिसा खातुनको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । 

डुबेर अशक्त भएकी उनको मनोकामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसतै, सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ थुम्का बस्ने ५० वर्षीय डम्मर बहादुर घर्तीको सोही ठाउँस्थित सिँचाई ड्यामको पानीमा डुबेर बिहीबार राति मृत्यु भएको छ । 

डुबेर अशक्त भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : २० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी