डुबेर तीन जनाको मृत्यु « Khabarhub

डुबेर तीन जनाको मृत्यु


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर भएका ५ वर्षीय सफेल अन्सारीको बिहीबार दिउँसो मृत्यु भएको छ । 

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, सिराहाको लहान नगरपालिका-१८ सोभापुर बस्ने मोहमद बजिरकी छोरी १३ वर्षीया अलिसा खातुनको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । 

डुबेर अशक्त भएकी उनको मनोकामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसतै, सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ थुम्का बस्ने ५० वर्षीय डम्मर बहादुर घर्तीको सोही ठाउँस्थित सिँचाई ड्यामको पानीमा डुबेर बिहीबार राति मृत्यु भएको छ । 

डुबेर अशक्त भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : २० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई